गायकसँग गहिरो प्रेममा केकी


११ असार २०७५, सोमबार
Keki adhikari 4 1

काठमाडौं, ११ असार :  ‘कोहलपुर एक्सप्रेस’को सफलताबाट दंग अभिनेत्री केकी अधिकारी हिजोआज झनै दंग छिन् । उनको अनुहारमा गहिरो खुसी र चमक छ । त्यो खुसीको कारण हो, प्रेमी गायक आर्जन पाण्डे ।

Keki and hos bF

गायक पाण्डेको अधिकांश म्युजिक भिडियोमा अभिनय गरेकी केकी उनैसँग गहिरो प्रेममा रहेको उनका निकटस्थहरुले बताउने गरेका छन् । पाण्डेको ‘ओइलिएर झर्न दिन्नँ’ र ‘तिम्रो मायामा हराएँ’मा उनीहरु दुवैको अभिनय छ । गायक पाण्डे र केकी हिजोआज कार्यक्रमहरुमा समेत सँगै देखिन थालेका छन् ।

पाण्डेले दुई वर्षअघि आर्जनले आफ्नो गीत ‘तिम्रो मायामा हराएँ म’मा केकीलाई अभिनय गराएका थिए । व्यवसायिक सहकार्यबाट सुरु भएको दुवैको सम्बन्ध गहिरो प्रेममा परिणत भएको र अहिले दुवै निरन्तर डेटिङमा रहेको निकटस्थ स्रोतको दाबी छ ।

दुवैको सम्बन्धबारे फिल्मीवृत्तमा चर्चा गर्माए पनि केकी अझै स्वीकार्ने मुडमा देखिएकी छैनन् । उनले यसलाई गसिप मात्र भएको तर्क गरिरहेकी छन् । उनको दाबीअनुसार दुवै ‘राम्रो साथी’ मात्रै हुन् ।  हालसालै आर्जनले इन्दिरा जोशीसँग मिलेर नयाँ गीत सार्वजनिक गरेका छन्, ‘रेलिमाई ।’ यो गीतलाई केकीले आफ्नो फेसबुक पेजबाट बुस्ट गरेर आर्जनको गीत हिट गराउन मद्दत गरिरहेकी छन् । आर्जनले केकीसँग यही गीतको म्युजिकल्ली पनि बनाएर फेसबुकमा राखेका छन् ।

म्युजिकल्लीमा आर्जनले केकीलाई गीतको शब्दसँगै ‘आदि होइन पूरै दिइसकेँ, तिम्रो पीर मनैमा लिइसकेँ’ भन्दा केकीको मुहारको गज्जबको चमक देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७