एसईईको दुई किसिमको नतिजा, पनिकाको ताल ‘उतालो गाई, बाघले खाई जस्तै’


११ असार २०७५, सोमबार
see

काठमाडौं, ११ असार । पूर्व शिक्षा सचिव जनार्दन नेपालले कक्षा १० तथा एसईईको नतिजा प्रकाशनमा सरकारले लापर्बाही गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व शिक्षा सचिव नेपालले एसईई नतिजा प्रकाशनमा देखिएको कमजोरीलाई अर्को वर्ष नदोहो¥याउने गरी अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् । see

‘भर्खरै मात्रै प्रकाशित गरिएको एसईईको नतिजालाई लिएर धेरै कुराहरु सुनिन थालेका छन्, यसबारेमा सरकार गम्भीर बन्नुपर्छ’, उनले भने, ‘प्राविधिक तथा अन्य कुन–कुन पक्षले गल्ती गरेको छ, छानबिन हुुनु गरिन पर्र्छ, अर्को वर्ष यस्तो कमजोरी हुन नदिन चनाखो बन्नु पर्र्छ ।’
साक्षात्कारमा हिसानका अध्यक्ष रमेश सिलवालले सरकारले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाएका छन् । ‘प्रत्येक दिन नतिजा फरक छ, अघिल्लो दिन एक प्रकारको रिजल्ट अर्को दिनमा फरक रिजल्ट देखाएको छ, नतिजा प्रकाशितमा त यति विघ्न समस्या छ भने कापी जाँचमा कति लापर्बाही भयो होला ?’, उनलले प्रश्न गरे, ‘हामीले सहज अनुमान लगाउन सक्छौं, विद्यार्थीको भविष्यबारेमा मन्त्रालय, शिक्षा विभाग, परीक्षा बोर्ड गम्भीर बनेका छैनन् ।’

त्यस्तै उनले यसपाली त निजी र सामुदायिक विद्यालयको रिजल्ट समेत एउटैमा प्रकाशित गरेकोमा गुनासो पोखे । उनले भने, ‘कुन संस्थागत विद्यालयमा पढेको हो, कुन कहाँ पढेको हो भन्ने नै थाहा छैन ।’ त्यस्तै कार्यक्रममा एन–प्याव्यसनका अध्यक्ष ऋतुराज सापकोटाले पनि राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको जीवनमाथि खेलवाड गरेको आरोप लगाएका छन् ।

‘कक्षा ९ र १० को परीक्षाको बीचमा कुनै भिन्नता छैन, परिणाम मात्रै फरक देखाएर हुन्छ ?’ उनले प्रश्न गरे, ‘पाठ्यक्रम पुरानै छ, शिक्षाको स्तर घट्दो छ, पढाईमा विद्यार्थीको चासो कम हुँदै गएको छ, परिक्षाको नाममा विद्यार्थी अल्मल्याउने काम भैरहेको छ ।’
पछिल्लो तीन वर्षसम्मपनि एसईईको नतिजामा कुनै भिन्नता नआएको उनको आरोप छ । उनले भने, ‘यस वर्षको नतिजामा १४ हजार विद्यार्थीको रिजल्ट आएको छैन, फरक–फरक रिजल्ट आएको छ, शिक्षामन्त्री र राष्ट्रिय शिक्षा बोर्डले यसको जिम्मेवारी लिनुपर्छ, दोषिमाथि कडा कार्बाही गर्नुपर्छ ।’

कार्यक्रममा प्यावशनका महासचिव राजेन्द्र बानियाँले एसईईको नतिजा प्रकाशित गर्ने काममा सरकारले हतार गरेको आरोप लगाए । ‘उत्ताउलो गाई बाघले खाई भने जस्तै रिजल्ट प्रकाशित गर्ने काममा सरकार निक्कै हतारमा प्रस्तुत भएको छ, एकदुई दिन ढिला हुँदैमा आकास खस्ने त थिएन होला ?’ उनले प्रश्न गरे, ‘यसमा शिक्षामन्त्री, शिक्षा मन्त्रालय, परीक्षा बोर्डका कर्मचारीले लापर्बाही गरेका छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७