सियारी गाउँपालीकाको बजेट उन्चालीस करोड नौ लाख


११ असार २०७५, सोमबार
siyari gapa photos

-शशि पन्थी
भैरहवा, असार १२ । आर्थिक वर्ष ०७५।७६का लागि रुपन्देही जिल्लाको सियारी गाउँपालीकाले उन्चालीस करोड नौ लाख छयालिस हजार प्रस्तावित आय व्ययको अनुमानित विवरण सार्वजनिक गरेको छ । siyari gapa photos

सियारि गाउँपालीकाको तर्फबाट तेस्रो गाउँसभामा गाउँ सभा उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक अमृता गुरुङले समग्र क्षेत्रगत प्रस्तावित नीति कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन् ।

स्थानिय सरकारको नयाँ अभ्यास भएको हुनाले गल्ती कमजोरीलाई सिकाईको रुपमा लिन सम्पूर्ण सभामा उपस्थीतलाई अनुरोध गर्दै सियारी गाउँपालीकाका अध्यक्ष अयोध्या थारुले स्थानिय सरकारको बजेटले गाउँपालीका विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताएका थिए ।

सियारी गाउँपालीकाको कुल आय ३९ करोड ९ लाख ८६ हजार रहेको छ जसमा गत आर्थिक वर्षको अल्या २ करोड ५० लाख, राजश्व ११ करोड ५४ लाख ३३ हजार,त्यस्तै अन्तर सरकारी वित्तिय हस्तान्तरण बाट १२ करोड ३४ लाख ५४ हजार आम्दानीमा राखेको छ जसमा नेपाल सरकार संघिय बाट ११ करोड ८९ लाख, नेपाल सरकार प्रदेश बाट ४५ लाख ५३ हजार रहेको छ । अन्तर सरकारी सरकारी अनुदान १२ करोड ७१ लाखको आय विवरण रहेको छ ।

सियारी गाउँपालीकाले आ.व. ०७५।७६का लागि कुल व्यय ३९ करोड ९ लाख ८६ हजार प्रस्तुत गरेको छ । जसमा चालु खर्च ६ करोड १३ लाख २२ हजार, पुँजिगत खर्च २० करोड २५ लाख ६४ हजार रहेको छ त्यसै गरि ससर्त अनुदान खर्च १२ करोड ७१ लाख अनुमानित खर्च हुने अपेक्षा बजेटले गरेको छ ।

सियारी गाउँपालीकाका अध्यक्ष अयोध्या थारुको अध्यक्षता मुख्य प्रशासकिय अधिकृत झबिलाल भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा आ.व. जेष्ठ मसान्त सम्मको मुख्य उपलब्धीहरु क्रमबद्ध रुपमा सार्वजनिक गरेको गाउँपालीकाले विशेष गरी विकासका उपलब्धीहरुलाई प्रगतिको रुपमा प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७