१२ करोड राजस्व नतिर्ने तप्त बिष्टलाई कानुन लाग्दैन ?


११ असार २०७५, सोमबार
tapta bista

काठमाडौं, ११ असार । होटल मल्लले क्यासिनोको रोयल्टी ६ बर्षपछि केन्द्रीय तहसिल कार्यालयमा बुझाएको छ । क्यासिनो संचालन गरेबापत बुझाउनुपर्ने रोयल्टी नबुझाएपछि पर्यटन विभागले केन्द्रीय तहसिल कार्यालयमा लगत कस्न पठाएको थियो । तहसिल कार्यालयले रोयल्टी असुलीका लागि पटक पटक सूचना प्रकाशित गरेपछि होटल मल्ल प्रालिले ९ करोड २८ लाख ५८ हजार रुपैयाँ हालै बुझाएको छ ।

two man
तप्तबहादुर बिष्ट र किशोर सिलवाल

केन्द्रीय तहसिल कार्यालयले क्यासिनोहरुसँग असुली हुनुपर्ने बक्यौता तिराउन गर्दैआएको पहलका कारण होटल मल्लले पैसा बुझाएको हो । नियमावली जारी हुनुअघिको विभिन्न क्यासिनोको बक्यौता १ अर्ब ३२ करोड थियो । जुन बक्यौता असुली हुन नसकेपछि पर्यटन विभागले लगत कस्न केन्द्रीय तहसिल कार्यालयमा पठाएको थियो । राजस्व असुली हुन नसकेपछि केन्द्रीय तहसिल कार्यालयमा लगत कस्न पठाउने कानुनी ब्यवस्था छ ।

केन्द्रीय तहसिल कार्यालयका अनुसार ह्याप्पी आवर प्रालिले पनि क्रमशः रोयल्टी तिर्न थालेको छ । ह्याप्पी आवरको ६ करोड ९३ लाख २७ हजार ५ सय रुपैयाँ बक्यौता छ । यही चालु आर्थिक बर्षको असार मसान्तभित्र तिर्ने प्रतिबद्धता ह्याप्पी आवरले तहसिल कार्यालयमा जनाएको छ ।
तत्कालीन अन्नपूर्ण इन्टरनेशनल प्रालि (अन्ना क्यासिनो)का तप्तबहादुर बिष्ट एकपटक पनि तहसिल कार्यालयको सम्पर्कमा नआएको तहसिल कार्यालयका अधिकारीले बताएका छन् । तहसिल कार्यालयले पटक पटक ताकेता गर्दा पनि बिष्टले अटेर गर्दैआएका छन् । पटक पटक ताकेतापत्र पठाउँदा पनि उनले तहसिल कार्यालयलाई अटेर गर्दैआएका छन् । अन्नपूर्ण इन्टरननेशनलले ११ करोड ६९ लाख १५ हजार १७५ रुपैयाँ ६४ पैसा रोयल्टी तिर्न बाँकी छ । अन्नपूर्ण इन्टरनेशन क्यासिनोका तप्त बिष्टलाई रोयल्टी तिर्नका लागि पटक पटक ताकेता गर्दा पनि नआएर उनले कानुनलाई चुनौती दिएका छन् ।

पर्यटन मन्त्रालयले बोलाएको छलफलमा पनि उनी नआई माथि माथि नेताहरुलाई दबाब दिएर उन्मुक्ति पाउने गरेका छन् । दुई महिनाअघि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाले क्यासिनोहरुलाई छलफलमा बोलाउँदा उनी नगई चुनौती दिएका थिए ।
राकेश वादवा र उनकी श्रीमती शालिनी बादवालाई देखाएर विगतमा क्यासिनोहरुबाट लुट्नुसम्म लुटेका बिष्टले उनीहरुलाई भारततिर भगाएर डिफ्यूजन नोटिस जारी गराएका छन् ।

राकेश वादवालाई उचाल्ने र रोयल्टी तिर्न नदिने तप्त बिष्ट नै हुन्, पर्यटन विभागका एक अधिकारीले भने, बादवाका विरुद्ध डिफ्यूजन नोटिस जारी गराउन लगाउने पनि उनी नै हुन् । बादवाका विरुद्ध डिफ्युजन नोटिस जारी गर्ने राज्यले बिष्टलाई पक्राउ गरी रोयल्टी असुल्नुपर्छ । १ अर्ब ३२ करोड रुपैयाँ रोयल्टी असुली नहुनुको मूख्य कारण नै बिष्ट हुन् ।’ उनले अन्नपूर्ण होटलमा नियमावलीअनुसार २५ करोड धरौटी राखेर क्यासिनो संचालन गर्न आएका विदेशी लगानीकर्तालाई समेत हतोत्साही बनाउनेगरी सर्वोच्च अदालतमा रिट हालेर आफूले तिर्नुपर्ने दायित्व तिर्नु नपर्ने अन्तरिम आदेश दिन लगाएका छन् ।

अदालतमा सेटिङ गरी उनले तिर्नुपर्ने पुरानो अन्नपूर्ण इन्टरनेशनल क्यासिनोका मजदुरको तलव नयाँ ब्यवस्थापनले तिर्नुपर्ने आदेश गराएका छन् । जबकि श्रम अदालतले बिष्टलाई क्यासिनोका सबै कर्मचारीको नियमाअनुसार दिनुपर्ने सुविधा दिन आदेश दिएको छ । श्रम अदालतको आदेश अनुसार श्रमिकलाई दिनुपर्ने तलव सुविधा नदिई क्यासिनोमा आएको नयाँ ब्यवस्थापनलाई पुराना ३ सयभन्दा बढी कर्मचारीको भारी बोकाउन उनले अदालतलाई समेत प्रयोग गरेका छन् । उनकै सेटिङमा अदालतले ५ बर्षअघि तप्त बिष्टहरुले संचालन गरेको अन्नपूर्ण इन्टरनेशनलका कर्मचारीलाई तलव सुविधा दिन नयाँ ब्यवस्थापनलाई आदेश दिएको छ ।

४ वटा मिनी क्यासिनो संचालन गर्ने रक इन्टरनेशनका किशोर सिलवाल भने सम्पर्कमा आएका छैनन् । उनको नाममा पनि ठूलो रकम बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७