एनएसीको पहिलो वाइडबडी जहाज काठमाडौं आइपुग्यो


१४ असार २०७५, बिहीबार
NAC

काठमाडौं, १४ असार : राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमको पहिलो वाइडबडी जहाज काठमाडौ आइपुगेको छ । यूरोपेली जहाज निर्माता कम्पनी एयरवसले निमार्ण गरेको उक्त जहाज बिहीबार बिहान सवा ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।

NAC

२७४ सिट क्षमताको यो जहाजलाई निगमले अन्नपूर्ण नामाकरण गरेको छ । नेपाल नागरिक उड्यान प्राधिकरणले ९ एन–एएल वाई कल फाइन नाम दिएको छ । नयाँ जहाजमा विजनेश क्लासका १८ र इकोनोमी क्लासका २५६ सिट छन् । प्रत्येक सिटका अघि टचस्क्रिन सुविधासहितको स्मार्ट इन्फोटेन्मेन्ट सिस्टम छ जसमा नेपालीसहित विभिन्न भाषामा राखिएका गीत, संगीत तथा चलचित्र हेर्न सकिनेछ ।

यो विमानलाई दुवई, हङकङ, दोहा, क्वालालाम्पुरलगायतका स्थानमा उडाउने तयारी गरिएको नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।

निगमका अनुसार जहाजलाई १० करोड ४८ लाख अमेरिकी डलरमा किनिएको हो। यो जहाजलाई एक महिनाभित्र नियमित व्यापारिक उडानमा प्रयोग गरिने छ। पहिलो उडान कतारको दोहामा हुने स्रोतले बताएको छ ।

निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट ९ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको थियो । यी दुवै वित्तीय संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने भाका राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७