रेनाशाकाे ‘इन्टु मिन्टु लन्डनमा’ यस्ताे देखियाे साम्राज्ञी र धिरजकाे प्रेम (भिडियोसहित)


१४ असार २०७५, बिहीबार
Intu mintu landon ma 1

काठमाडौं, १४ असार । कोरियोग्राफरको रुपमा चर्चित रेनाशा वान्तवा राई निर्देशित फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीको कुमारी हलमा कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । Intu mintu landon ma 1
फिल्ममा पछिल्लो समयकी व्यस्त तथा चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको प्रमुख भूमिका छ । युटुभरको रुपमा परिचित मगरकाे  डेब्यु फिल्म हो । युवा पुस्तामा उनको राम्रो फ्यान फलोइङ रहेको छ ।

चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को ट्रेलरमा साम्राज्ञी र धिरजको जोडी जमेको छ । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज मगर प्रस्तुत छन् । लण्डनका विभिन्न रमणीय स्थानहरुमा खिचिएको र मेकिङ क्वालिटी उच्च देखिएको छ ।

टीजरमा दुवैले एकअर्काको तारिफ गरेका छन् । गएको तीन दिनदेखि निर्माण टिमले  ट्रेलरकाे काउनडाउन भिडियो फेसबुकमा अपलोड गरिरहेको थियो । जुन नेपालको सन्दर्भमा पहिलो प्रयोग हो ।

फिल्ममा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।

 

कार्यक्रममा निर्देशक रेनाशाले आफ्नो निर्देशकिय पाटोमा कोरियोग्राफी हाबी नभएको बताइन् । यो फिल्म आफ्नो ’ड्रिम प्रोजेक्ट’ भएको बताइन् ।

यस्तै नायिका साम्राज्ञीले ‘इन्टु मिन्टु लन्डनमा’ आफ्ना लागि विशेष रहेको बताइन् । उनले भनिन्,‘म यो फिल्मबाट निकै उत्साहित छु । कथा सुन्ने वितिक्कै सुटिङमा जान आतुर भएकी थिएँ ।’

यस्तै, नवअभिनेता तथा चर्चित ब्लगर धिरज मगरले ‘इन्टु मिन्टु लण्डनमा’ फिल्म राम्रो बनेको बताए । फिल्मलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ का सह–निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

फिल्मलाई अभिमन्यु दिक्षित र रेनाशाले लेखका हुन् । भने आभास कर्माचार्यको संवाद, शैलेन्द्र धोज कार्कीको छायांकन रहेको छ । फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

फिल्म असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७