उदयपुरका युवाले गरे एउटै मण्डपमा तीन युवतीसँग विहे


१५ असार २०७५, शुक्रबार
nakkal

काठमाडौं, १५ असार । नेपालमा वहुविवाह गर्नेलाई कानूनी सजाय दिइन्छ । झन एउटै मण्डपमा कुनै दुलहाले तीन जनासँग विवाह गरे भने के होला ?nakkal

यो त नेपालमा कल्पनासम्म गर्न सकिन्न । तर भारतको राजस्थानको उदयपुर जिल्लामा अनौठो घटना भएको छ । एक जना पुरुषले एउटै मण्डपमा तीन जना महिलासँग बिहे गरेका छन् । आदिवासी समुदायका ३३ वर्षीय नक्काल कसौटियाले आफूसँग लिभइन रिलेसनमा रहेका ३ वटै महिलासँग बिहे गरे ।

पोलियोग्रस्त नक्काल एक जना महिलासँग १२ वर्षदेखि लिभइन रिलेसनमा थिए भने अर्कीसँग ८ वर्षदेखि लिभइन रिलेसनमा थिए । त्यस्तै तेश्रो महिला चाहिँ उसको प्रेमिकाकी बहिनी हुन् । जोसँग उनी पछिल्लो एक वर्षदेखि लिभइन रिलेसनमा थिए । त्यसक्रममा तेश्री प्रेमिका गर्भवती भएपछि उनले बिहे गर्ने निधो गरेका हुन् ।

समाचार अनुसार नक्कालको जीवनमा सबैभन्दा पहिले कतुम्बाई नामकी महिला आइन् । त्यसपछि गाउँकै पुनकी नामक युवतीसँग नक्कालको प्रेम बस्यो । पुनकी पनि अपाङ्ग हुन् । पुनकी र कतुम्बाई दुबै जना नक्कालसँगै बस्दै आएका थिए । तर दुवै जनाबाट सन्तान भएनन् । त्यसपछि नक्कालले एक वर्षअघि आफूभन्दा ५ वर्ष कान्छी युवती रेखासँग हिमचिम बढाए । रेखा पुनकीकी बहिनी हुन् । नक्काल र उनका ३ वटी प्रेमिका सँगै बस्न थाले । अन्ततः रेखा गर्भवती बनिन् ।

आफ्नी कान्छी प्रेमिका गर्भवती बनेपछि नक्कालले बिहे गर्ने निधो गरे । गत जुन २० का दिन नक्कालले आफ्ना तीनै जना प्रेमिकासँग सबै परिवारजनको उपस्थितिमा एउटै मण्डपबाट बिहे गरे । आफूले आफ्नै ३ जना पत्नीहरुलाई खुशी राख्ने उनको भनाइ छ । आफूहरुको जीवन खुशी साथ बितिरहेको उनले बताएका छन् ।

राजस्थानको उदयपुर जिल्लास्थित आदिवासी समुदायको घटना हो यो । उक्त आदिवासी समुदायमा लिभइन रिलेसनसीपको प्रचलन रहेको छ । कैयौ वर्षसम्म लिभइन रिलेसनमा रहेपछि मात्र यस समुदायका महिला पुरुषले बिहे गर्दछन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७