कथाकार बेहोसीको ‘सेतो स्कार्फ’ लोकार्पण


१५ असार २०७५, शुक्रबार
seto scarpe

काठमाडौँ, १५ असार । कथाकार सविता श्रेष्ठ ‘बेहोसी’को कृति ‘सेतो स्कार्फ’ (कथा सङ्ग्रह) यहाँ लोकार्पण भएको छ । साहित्यकार तुलसी दिवसले कृतिको लोकार्पण गर्दै नेपाली समाज, पात्र, चिन्तन, सोच, संवेदना र आन्तरिक भावना व्यक्त भएका सिर्जनाहरुमात्र चिरस्थायी हुने बताउँदै कथाकार सविताका कथामा त्यो कुरा छ भने ।seto scarpe

सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले आख्यानमा सविताले चालेका पाइलाले साहित्य क्षेत्रमा उचाइ मापन गरोस् भन्ने शुभकामना दिए । नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले सरल र शालीन व्यक्तित्वका धनी सविताका सिर्जनाहरु सशक्त हुने बताउँदै उहाँका कृतिलाई पाठकमाझ ल्याउन पाएकामा खुशी व्यक्त गरे ।

कथाकार माया ठकुरीले सविताको सिर्जनामा पाठकलाई बाँधेर राख्न सक्ने सरल र सरस प्रस्तुति रहेको बताए । कृतिको समीक्षा गर्दै साहित्यकार मोमिलाले भने, ‘कृतिले आममानिसको जीवन बोलेको छ, कृतिकारको जीवनलाई पनि यसले धेरथोर समेटेको छ, यस्ता सिर्जनाले मानिसको मनलाई छुन्छ र कालान्तरसम्म बाँचिरहन्छ ।’

स्रष्टा श्रेष्ठले जीवन भनेकै कथा र कथा भनेकै जीवन रहेको बताउँदै सेतो स्कार्फमा पनि जीवन र जगत्लाई समेट्ने प्रयास गरेको उनले बताए ।सर्जकका जीवनसाथी सुमन श्रेष्ठले घरमा नै साहित्यकार भएकाले आफूमा पनि साहित्यप्रति अनुराग पलाएको बताए ।

नेपाल स्रष्टा समाजका महासचिव चेतनाथ कणेल हरित र कोषाध्यक्ष पुष्पा खनालले कृतिका विविध पक्षमाथि प्रकाश पारे। कथाकार बेहोसीका सेतोस्कार्फलगायत आफ्नै व्यथा आफ्नै तरङ्ग (कथासङ्ग्रह) तथा अनन्तमा मिल्ने आशामा दुई समानान्तर रेखाहरु र जीवन ज्योति (उपन्यास) प्रकाशित छन् ।

यस कृतिमा वरिष्ठ कथाकार परशु प्रधानले भूमिका लेखेको सो कृतिमा विमल भौकाजीले सम्पादन गरेकाे  हो । कथाकार बेहोसीले आफ्नो जन्मदिनको अवसर पारेर यो कृति बजारमा ल्याएको हो ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७