पुनर्बीमा कम्पनीको सवा अर्बको आइपिओ आउँदै, १० अर्ब पूँजी पुर्‍याउने योजना


१७ असार २०७५, आईतवार
punar bima

काठमाडौं, १७ असार । नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब २८ करोड रुपैयाँको प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।punar bima

कम्पनीले हालको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको छ । जसमा ३२ वटा संस्थाहरुको लगानी रहेको छ । कम्पनीले असार १४ गते वार्षिक साधारणसभाबाट अधिकृत जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गरेको थियो । हाल कायम शेयरधनीलाई ८ अर्बको १६ प्रतिशत हुने गरी शेयर निष्कासन गर्दा नपुग बाँकी शेयरको लागि प्रतिवद्धता माग गरेको छ ।

यसका लागि संस्थापक संगठित संस्थाहरुले एक अर्ब ७३ करोड रुपैयाँको लागि प्रतिबद्धता दिनुपर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले जानकारी दिएका छन् । थप पूँजी परिचालनका लागि संस्थापित संगठित संस्थाले प्रचलित कानुन अनुसार नियामक निकायहरुको स्वीकृतिसहित ४५ दिनभित्रमा यस अगाडि आफ्नो हिस्सा अनुसारको पूँजीमा थप प्रतिवद्धता पेस गर्न सूचना जारी गरेको छ । अहिले जति प्रतिशत हिस्सा रहेको छ त्यतिनै अनुपातमा प्रतिवद्धता दिनु पर्नेछ ।

कम्पनीले लगानीकर्तालाई आकर्षित गर्न चुक्ता पूँजी ८ अर्ब रुपैयाँ चुक्ता पूँजी जुटेसँगै एक अर्ब रुपैयाँ बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनी स्थापना भएको ५ वर्षसम्म लाभांश दिन नपाइने व्यवस्थाका कारण अहिले लाभांश दिन सक्ने अवस्थामा भए पनि कानुन अनुसार वितरण गर्न नमिल्ने हुनाले ८ अर्बपछि एक अर्ब रुपैयाँ बोनस शेयर दिएर चुक्ता पूँजी ९ अर्ब रुपैयाँ पुर्‍याउने छ ।

यस्तो छ शेयर स्वामित्व

list

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७