सलमानको दबंग टूरमा कट्रिना र ज्याकलिनको झगडा


१७ असार २०७५, आईतवार
Has Jacqueline Fernandez REPLACED Katrina Kaif as Salman Khan’s new favourite

काठमाडौं, १७ असार । सलमान खान पछिल्लो समय आफ्नो ‘दबंग टूर’ को कारण निकै चर्चमा छन्। यसपटक सलमानको साथ  उनकी  लिडिङ्ग एक्ट्रेस कट्रिना कैफ, ज्याकलिन फर्नान्डिज, सोनाक्षी सिन्हा र डेजी शाह नजर आएका छन्।  अमेरिकाको दर्शक सलमानको ‘दबंग टूर’ मा निकै आनन्द लिइरहेका छन्। यसैबीच मिडियामा यस्तो खबर आएको छ कि अभिनेत्री कट्रिना कैफ र ज्याकलिन फर्नान्डिजको शोको समयमा झगडा भएको छ।

Has Jacqueline Fernandez REPLACED Katrina Kaif as Salman Khan’s new favourite

हुनत यो कुरा कति सत्य हो त्यो जान्न मुस्किल छ, तर सलमान खानले आयोजक र इभेन्ट म्यानेजरलाई कुनै पनि कन्सर्टमा कट्रिना र ज्याकलिन  संगै नहोस भनेर सुझाव दिएपछि भने उनीहरुबीच  खटपट रहेको कुरा बुझन सकिन्छ। यी दुई अभिनेत्रीबीच के कुरामा मनमुटाव भएको हो त्यो भने अझै खुलासा भएको छैन।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७