दरबारमार्गको किंग्स लाउञ्जले प्रहरीलाई दियो चुनौती


१७ असार २०७५, आईतवार
savage

 

काठमाडौं,आषाढ १७। काठमाडौंको दरबारमार्गस्थित किंग्स लाउञ्जले प्रहरीको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै समूहमा फुटबल देखाउने गतिविधि गरेको खुलासा भएको छ ।प्रहरीसँग समन्वय नगरेकै कारण फुटबल खेल हेर्दा समर्थकबीच झगडा हुने सम्भावना उत्तिकै हुन्छ ।विश्वकप फुटबलका खेलहरू ठूलो स्क्रिनमा देखाउनेभन्दै किंग्स लाउञ्जले जोडतोडले प्रचार गरेको छ । विश्वकप फुटबल प्रतियोगिता समूहमा देखाउनु अगाडि दरबारमार्ग प्रहरीसँग कुनै पनि समन्वयन नभएको प्रहरीले जनाएको छ ।

savage

दरबारमार्ग प्रहरी वृत्तका प्रमुख एवम् डिएसपी दानबहादुर मल्लले आफ्नो क्षेत्रमा सामूहिक रुपमा फुटबल देखाउने गतिविधिलाई रोक्न नसकेको भनेर आलोचना पनि भएको छ ।

केही दिन अगाडि मात्रै काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले सार्वजनिक स्थानमा समूहमा राखेर फुटबल नदेखाउन निर्देशन दिएका थिए ।

शान्ति सुरक्षाको सम्वेदनशीलतालाई मध्यनजर गरेर प्रहरीले सकेसम्म होटेलका साथै सार्वजनिक स्थानमा विश्वकप फुटबल नदेखाउन भनेको थियो ।

तर, किंग्स लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले प्रहरीको निर्देशनलाई अटेर गरी होटेलमा सामूहिक रुपमा फुटबल देखाउन थालेका हुन् ।

फुटबल देखाउने क्रममा दुई समूहबीच झडप हुने खतरा हुन्छ । त्यस्तो अवस्थामा होटेलका अध्यक्ष श्रेष्ठले जिम्मेवारी लिन्छन् कि लिँदैनन् गम्भीर प्रश्न उब्जिएको छ ।

त्यति मात्रै होइन प्रचारका लागि भन्दै अध्यक्ष श्रेष्ठले अभिनेता भुवन केसी, गायक राजेश पायल राईसहितका सेलिब्रेटीलाई बोलाएर विश्वकप फुटबल देखाउने शुरुवात गरिसकेका छन् ।

किंग्स लाउञ्जमा अध्यक्ष समेत रहेका रामचन्द्र श्रेष्ठ, संगम राई, कुमार गुरुङसहितका व्यक्तिको लगानी छ । बेलाबेला विवादमा आइरहने किंग्स लाउञ्जमा प्रहरीले निगरानी पनि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७