सन्जुले सलमान खानको रेकर्ड तोड्यो


१७ असार २०७५, आईतवार
sanju 1

काठमाडौं १७ असार । बलिउड अभिनेता सञ्जय दत्तको जीवमा आधारित बायोपिक फिल्म सन्जुले नयाँ रेकर्ड राखेको छ । फिल्ममा सञ्जय दत्तको भूमिका निर्वाह गरेका रणबीर कपुर अभिनीत फिल्म सन्जुले यो वर्षको उत्कृष्ट कमाई गर्ने अनुमान गरिएको छ ।

sanju 1

 

सार्वजनिक गरिएको ट्रेजरबाट नै चर्चा कमाएका फिल्म सन्जुले बक्स अफिसमा धूम मच्चाएका छन् । बलिउडका व्यापार विश्लेषक रमेश बालाको ट्वीट अनुसार रिलिज भएको दोस्रो दिनमै सन्जुले ले ३८.६० करोड भारतीय रुपैयाँ कमाई गरेको छ । पहिलो दिनमा यती धेरै कमाई गर्ने फिल्म मध्ये सन्जु अगाडी देखिन्छ ।

यस वर्ष प्रदर्शमा आएको सलमान खान अभिनीत रेस ३, टाइगर श्रफको बागी २, दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूर अभिनीत पद्मावतलाई पछार्दै सन्जुले नयाँ रेकर्ड राखेको हो ।

रेस ३ ले पहिलो दिनमा २९.१७ करोड, बागी २ २५.१०, पद्मावतले १९ करोड र वीरे दि वेडिंग १०.७० करोड कमाई गरेको थियो । सय करोडमा निर्माण भएको फिल्म  पहिलो दिनको कमाई अनुसार ३ दिनमा फिल्म निर्माण गर्दा लागेको लागत उठाउने संकेत देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७