सर्पदंशका कारण दुईको मृत्यु


१८ असार २०७५, सोमबार
maxresdefault 1

काठमाडौं १८ असार । महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ । गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ । त्यस्तै गौशाला–१२ कान्तिबजारका ३६ वर्षीय सुशीलकुमार सिंहलाई सर्पले डसेको र उपचारका क्रममा ज्यान गएको छ ।

maxresdefault 1

इलाका प्रंहरी कार्यालय गौशालाले दिएको जानकारीअनुसार सुशीलकुमार सिंह आइतबार साँझ खेतबाट काम गरेर फर्किएपछि अचानक बेहोस भएको र उनलाई तत्कालै उपचारका लागि बर्दिवासस्थित शुभस्वतिक हस्पिटलमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा सर्पले टोकेको पत्ता लागेपछि सर्पदंश उपचार केन्द्रमा पठाएको तर उनको उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो । पछिल्लो समय महोत्तरीमा सर्पदंशका घटनामा वृद्धि भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७