तीन दिनमा कती कमायो ‘सन्जु’ले ?


१८ असार २०७५, सोमबार
0018 07 4da408e653d4b52ed4780df9ec7ca635

काठमाडौं, १८ असार । बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित चलचित्र ’सन्जु’ले यति बेला सिनेमा हलमा धमाका मच्चाइरहेको छ ।  चलचित्रमा सञ्जयको भूमिकामा अभिनेता रणबीर कपुर देखिएका छन्  । भारतभर करिब ५३०० हलमा प्रदर्शन भएको चलचित्रले पहिलो दिनमै जबर्दस्त ओपनिङ्ग गरेको छ ।

0018 07 4da408e653d4b52ed4780df9ec7ca635

चलचित्रले पहिलो दिन शुक्रवार ३४.७५ करोडको अपोनिङ्ग गरेको थियो । जुन यो वर्षको सबै भन्दा ठुलो अपोनिङ्ग हो । त्यस्तै चलचित्रले दोस्रो दिन ३९ करोड र तेस्रो दीन ४३.६५ करोड बढीको कमाई गरेको बलिउड मिडियाले उल्लेख गरेको छ । चलचित्रले ३ दिनमा भारतबाट मात्रै ११७ करोड कमाई गरेको छ । यसअघि सलमान खानको चलचित्र ’रेस ३’ले २९.१७ करोडको अपोनिङ्ग गरेको थियो ।

राजकुमार हीरानीको निर्देशन रहेको चलचित्रमा रणबीर कपुर सँगै परेस रावल, मनीषा कोइराला, सोनम कपुर, अनुश्का शर्मा, बिक्की कौसल लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७