पूर्वेली भाकामा छाउँदै जुनी


१८ असार २०७५, सोमबार
juni khaling Rai

काठमाडौँ, १८ असार ।  कुनै समय पूर्वेली भाका पूर्वतिर मात्र सुनिन्थ्यो । मध्यपश्चिम र काँठका भाका भने देशभर लोकप्रिय थिए । जब खेमराज गुरुङले ‘वारि जमुना, पारि जमुना’ गाए, पूर्वेली भाका देशैभरि गुञ्जियो । त्यही समय अरुण उपत्यकाको नाममा नवीन खड्का र पुस्तका खड्काले पनि चर्चा पाए ।juni khaling Rai

खेमराज गुरुङको मृत्यु भइसकेको छ भने नवीन खड्का र पुस्तका खड्का पनि सेलाइरहेका छन् । तर, यतिबेला धनकुटाकी जुनी खालिङ राईका पूर्वेली भाकाले चर्चा पाइरहेका छन् । जुनीका गीत अहिले युट्युबमा धेरै खोजिन थालेको छ ।

उनी सहरको सांगितिक माहौलमा हुर्किएकी होइनन् । साँघुरी गाउँपालिका–९ धनकुटाको ग्रामिण परिवेशमा घाँस दाउरा गर्दा नै उनले गीत गाउन सिकेकी हुन् । गीतप्रतिको समर्पणले नै उनी पूर्वाञ्चल गट ट्यालेन्टमा भाग लिन पुगेकी थिइन् । उनी फस्ट रनर अपसमेत भइन् ।

अहिले उनका ‘भेडेटारको डाँडैडाँडा’ बोलको गीत भिडियोसति चर्चामा छ । सो गीतको शब्द र संगीत हरि साम्सुहाङको छ । कृष्णभक्त राईले संगीत संयोजन गरेका छन् । संगीतकार हरि साम्सुहाङले जुनी क्षमतावान गायिका भएको बताए । जुनीले अवसर पाए संगितमा धेरै अगाडि बढ्न सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७