अब प्रदेश–४ को नाम ‘गण्डकी’


२० असार २०७५, बुधबार
pradesh 4

पोखरा, २० असार । अब प्रदेश–४ को नाम गण्डकी हुने पक्का भएको छ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बुधबार बसेको बैठकले प्रदेशको नाम ‘गण्डकी’ राख्ने निर्णय गरेको हो ।pradesh 4

नेकपाले नामको टुंगो नलगाउँदा मंगलबारको बैठक नै स्थगित भएको थियो । नामको टुंगो लगाउन नेकपा पटक–पटक बैठक बसे पनि एक मत हुन सकेको थिएन । नेकपाले निर्णय गरेसँगै बिहीबार बस्ने संसद बैठकमा नाम बारे प्रतिवेदन छलफलका लागि पेश हुनेछ । छलफलपछि दुई तिहाई बहुमतले गण्डकी नाम पारित गर्ने पक्का जस्तै भएको छ ।

मंगलबार विशेष प्राविधिक कारण देखाउँदै सूचना टाँस गरेर २१ गते बिहीबार २ बजेसम्मका लागि बैठक स्थगित भएको थियो ।
नेकपाले निर्णय गरेसँगै नयाँशक्ति बाहेक सबै दलले गण्डकीको पक्षमा उभिएका छन् । ५९ जना सांसदको प्रतिनिधित्व गरेको संसदमा नयाँ शक्तिका २ जना सांसद छन् । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा गण्डकीकै पक्षमा छन् । नेकपाभित्र भने तमुवान–मगरात, गण्डकी–तमुवान वा गण्डकी भन्ने विषयमा दलभित्रै मत विभाजन थियो ।

नाम के राख्ने भन्ने बारेमा पार्टीभित्रै फरक मत भएकाले बैठकमा नामांकनबारे मंगलबारको बैठकबाट पनि टुंगो लाग्न सकेको थिए । साविक एमालेका सबैजसो सांसदले प्रदेशको नाम गण्डकी हुनुपर्ने पक्षमा भए पनि साविक माओवादी तमुवान–मगरात वा गण्डकी तमुवान राख्ने बताइरहेका थिए । एमाले प्रदेश कमिटीले यसअघि नै प्रदेशको नाम गण्डकी राख्ने भनेर सुझाव दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७