रिमा मोटी कि ‘सेउसी’ !


२३ असार २०७५, शनिबार
reema bishwakarma

काठमाडाैं, २३ असार । डिभोर्सपछि नेपाल फर्किएर मनोरञ्जन क्षेत्रमा सक्रिय हुने प्रयासमा रहेकी नायिका तथा मोडल रिमा विश्वकर्मा अहिले सामाजिक सञ्जालमा खुबै सक्रिय छिन् ।reema bishwakarma

प्रायः विदेश भ्रमणमा गइरहने उनले विशेष गरी इन्टाग्राममा आफ्ना सेक्सिला तस्विर सार्वजनिक गर्ने गरेकी छन् । जहाँ उनको लुक्स र फिगरबारे उनका साथी–सर्कल र प्रशंसकबाट तालतालका कमेन्ट आउने गर्छन् ।

नेपाली मूलका बेलायती नागरिक रोबर्ट विश्वकर्मासँगको वैवाहिक यात्रा टुंग्याएकी उनले यसै साता न्युयोर्कको सडकमा उभिएको तीन पोजको तस्बिर राखिन् ।

सेक्सी लुक्समा देखिएकी उनका तीनै तस्बिर खुब रुचाइए । त्यसमा पनि कुम बेन्ड गर्दै अगाडि झुकाएर खिचेको तस्बिरले त धेरैको ध्यान नै तान्यो । सोही तस्बिरमा उनकी बेस्ट फ्रेन्ड नायिका वेनिशा हमालले आगोको लप्काको साइनसहित लेखिन्, ‘सेउसी !’

उनका प्रशंसकमध्ये कसैले मोटी देखिएको प्रतिक्रिया दिएका थिए त कसैले राम्री देखिएको भने । प्रशंसक मध्येका एक रमेश खड्काले लेखेका छन्, ‘योर बुब्स आर अमेजिङ !’ अनावश्यक कमेन्ट हटाउन सकिने सुविधा भए पनि उनले प्रतिक्रिया त्यत्तिकै छाडेकी छन् । सायद प्रतिक्रियाप्रति उनको कुनै विमति छैन क्यारे !

शुक्रबार साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७