उत्पादन वृद्धि गरेर व्यापार घाटा न्यून गरिने


२४ असार २०७५, आईतवार
matrika yadav 1

काठमाडौं, २४ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले स्थानीय उत्पादनको प्रवद्र्धन गरेर विद्यमान उच्चस्तरको व्यापार घाटा तथा बेरोजगारीलाई न्यून गर्दै लैजाने बताएका छन् । matrika yadav 1

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले स्थानीय उत्पादन सम्बद्र्धन गर्ने उद्देश्यले विभिन्न प्रकारका तालिम सञ्चालन एवं प्रविधि हूतान्तरण गर्ने कार्य भइरहेको तथा चिया, कफी अलैँची, अदुवा जस्ता निर्यातजन्य वस्तुलाई प्रवद्र्धन गरिने बताए ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रमार्फत उद्योगी वाणिज्यका क्षेत्रका संस्थाका संस्थासँग सहकार्य गरिरहेको र आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय हस्तकला प्रदर्शन गर्ने तयारी गरिएको मन्त्री यादवले जानकारी दिए । रुग्ण उद्योगको पुनस्र्थापना र अन्य उद्योगलाई सञ्चालनका लागि नियमित छलफल भइरहेको उल्लेख गर्दै उनले निजीकरण र उदारीकरणका कारण उद्योग धराशायी भएको बताए । आयातकर्तासँग मिलेमतो गरेर गोरखकाली रबर उद्योगलगायत उद्योग बन्द भएकाले त्यस्ता उद्योग सञ्चालन गरी उत्पादन गर्ने र विद्यमान व्यापार घाटा कम गर्दै लैजाने उनले बताए ।

देशका विभिन्न क्षेत्रका सम्भावित खानी सञ्चालन गर्ने तथा तनहँु, मकवानपुर, नवलपरासी, बझाङ र बैतडीमा फलाम खानीको उत्खनन गर्ने तयारीमा सरकार रहेको मन्त्री यादवले जानकारी दिए । दैनिक पाँच टोलीले बजार अनुगमन गरेको जानकारी दिँदै मन्त्री यादवले कर्णाली जिल्लालगायत खाद्य असुरक्षा भएका दुर्गम क्षेत्रमा खाद्य ढुवानीका लागि उचित व्यवस्था मिलाइएको जानकारी दिए ।
सिस्नु, कोदो र फापरका विशेषताका विषयमा चेतना बढाउनु पर्नेमा जोड दिँदै उनले खाने संस्कृतिका विषयमा पनि जनचेतना जगाउनु पर्नेमा बताए ।

सीमा क्षेत्रमा भन्सार कार्यालयलाई स्तरोन्नति गर्ने काम प्राथमिकताका आधारमा मन्त्रालयले काम अगाडि बढाएको तथा लगानीकर्तालाई प्रविधि एवं उद्योगसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको यादवले बताए । पारदर्शी र एकद्वार नीतिअनुसार अनलाइन प्रणालीमा सेवा प्रदान गरेर सेवालाई प्रभावकारी र पारदर्शी एवं व्यवस्थित बनाउन लागिएको तथा औद्योगिक क्षेत्रसहित सञ्चारमाध्यमलाई पनि अनुगमन गर्नुपर्ने अवस्था आएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७