त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिमा लापरबाही


२५ असार २०७५, सोमबार
Airport Construction 20180709013334

काठमाडौं, २५ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्ततिमा सरकारी निकायदेखि ठेकेदार कम्पनीको लापरबाही देखिएको छ। विमानस्थलमा स्तरोन्नतिको काम गरिरहेको स्पेनिस निर्माण कम्पनी सान्जोसेसँग ठेक्का सम्झौता रद्द भएको झन्डै दुई वर्ष हुनैलाग्दा कुनै काम अगाडि बढने सकेको छैन। अाजकाे अन्नपूर्ण पाेष्टमा समाचार छ ।Airport Construction 20180709013334

तर, विमानस्थल स्तरोन्नतिका काम अगाडि नबढाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले २१ घण्टा विमानस्थल सञ्चालन सुरु गरेका छन्। विमानस्थल स्तरोन्नतिको काम गरिरहेको निर्माण कम्पनी सान्जोसेसँग नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७३ मंसिर २४ मा ठेक्का रद्द गरेपनि अहिलेसम्म स्तरोन्नतिको काम अगाडि बढेको छैन।

प्राधिकरणले लगानी कर्ता र मन्त्रालयको सहकार्यमा स्पेनिस निर्माण कम्पनीले तोकिएको समयमा १७ प्रतिशत पनि काम सम्पन्न गर्न नसकेको भन्दै ठेक्का रद्द गरेको थियो। ठेक्का रद्द गर्दै प्राधिकरणले विमानस्थल स्तरोन्नतिको सबै काम एउटा तह र कम्पनीले गर्न नसक्ने ठहर गर्दै कामको वर्गीकरण गर्ने निर्णय गरेको थियो।

कामको वर्गीकरण गरेपनि नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म सबैभन्दा ग्राहो र खर्च बढी लाग्ने कामको बोलपत्र आह्वान गर्न सकेको छैन। विमानस्थल स्तरोन्नतिमा सबैभन्दा गाह्रो काम अन्तर्गत एप्रोन र ट्याक्सी वे निर्माण हो। प्राधिकरणले यो कामलाई एनसीबी ४ अन्तर्गत राखेको छ।

विमानस्थल स्तरोन्नति आयोजनाले एनसीबी ४ अन्तर्गतको कामका लागि आवश्यक माटो कसरी व्यवस्थापन गर्ने भने विषयमा अध्ययन सम्पन्न गरिसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले बताए।

पहिलो पनि सान्जोसेले माटोको समस्या देखाउँदै काममा लापरबाही गरेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७