गंगामायाको अनसन तोडाउने प्रयासमा अधिकारकर्मी


२५ असार २०७५, सोमबार
Ganga maya

काठमाडौं, २५ असार । छोराको हत्यारालाई कार्वाही गर्नुपर्ने माग राख्दै वीर अस्पतालमा अनसनरत गंगामाया अधिकारीको अनसन आजै तोडाउने गरी सरकारले प्रयास गरिरहेको छ ।Ganga maya

छोराका हत्या अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएपछि जेठ १५ देखि उनी असनस बसेकी हुन् । मानवअधिकारकर्मीहरु सुवोधराज प्याकुरेल, कनकमणि दीक्षितलगायतको पहलमा अनसन तोडाउने प्रयास भइरहेको स्रोतले जानकारी दिएको छ ।
गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त भनिएका गोरखा फुजेलका ७८ वर्षीय छविलाल पौडेलले आइतबार सर्वोच्चमा आत्मसमर्पण गरेका छन् । अदालतको आदेशमा उनलाई आइतबार नै डिल्लीबजार कारागार चलान गरिसकिएको छ ।

पौडेललाई जेल चलान गरिए पनि विगतमा जस्तै अदालतबाट छुट्ने आशंका गर्दै गंगामायाले कार्वाहीको सुनिश्चितता नभएसम्म अनसन नतोड्ने बताउँदै आएकी छन् । आज (सोमबार) नै गंगामायाको अनसन श्रृंखला अन्त्य हुने जनाइएको छ । कानूनमन्त्री शेरबहादुर तामाङले जुस पिलाएर गंगामायाको अनसन तोडाउने तयारी भइरहेको स्रोतले दावी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७