आउँदो वर्ष एक लाख युवालाई रोजगारी दिन्छौं : मन्त्री विष्ट


२५ असार २०७५, सोमबार
gokarna bista

काठमाडौं, २५ असार । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत आउँदो वर्ष एक लाख युवालाई सरकारले रोजगारी दिने दाबी गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले देशभरका ७५३ स्थानीय तहमा रोजगार सूचना केन्द्र स्थापनाको तयारी भइरहेको जानकारी दिएका छन् ।gokarna bista

मन्त्रालयगत विनियोजित बजेटमाथि राष्ट्रिय सभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री विष्टले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत रोजगारीको अवसरलाई आधारभुत तहसम्म पहुँच पु¥याइने बताएका छन् ।

खानेपानी, कृषि, ऊर्जा लगायत विभिन्न मन्त्रालयसँग समन्वयात्मक भूमिकामार्फत मन्त्रालयले रोजगारी सिर्जना गर्ने तयारी गरिरहेको र केही दिनभित्रै ७५३ वटै स्थानीय सरकारमा रोजगारी सिर्जना गरिने व्यवस्थित कार्यतालिका सार्वजनिक गरिने उनले बताए ।

विप्रेषणलाई बैकिङ प्रणालीबाट भित्र्याउने, वैदेशिक रोजगारीमा जाने युवालाई सीप सिकाएर पठाउने तथा समग्र वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउनेतर्फ सरकार सचेत रहेको उनले बताए । आन्तरिक श्रम बजारको व्यवस्थापन गर्दै देशभित्र निजी तथा सरकारी क्षेत्रमा काम गर्ने सबै श्रमिकलाई समेट्ने गरी रोजगार ऐन ल्याउन लागेको उनको भनाइ छ । रोजगार दाता र श्रमिकबीचको असल सम्बन्ध र देश भित्रको रोजगारीमा आकर्षण बढाउनका लागि साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरिने उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७