साइबर अपराध समस्या बन्दै


२६ असार २०७५, मंगलवार
cyber security

विराटनगर, २६ असार । सामाजिक सञ्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर वा चरित्र हत्या गरेर रमाउनेको जमात बढेसँगै साइबर अपराधका घटना दिनहुंँ बढिरहेको छ । cyber security

सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति वा समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्दा साइबर अपराधमा परिने कुरा धेरैलाई थाहा छैन । जष्ट से नो नेपाल नामक संस्थाले सोमबार साइबर अपराध र कानूनी व्यवस्थाका बारेमा फरक उमेर समूहका व्यक्तिलाई जानकारी दिएको थियो ।

कार्यक्रममा विराटनगर महानगरका प्रमुख भीम पराजुलीले साइबर अपराध पछिल्लो समय समस्याका रुपमा आएकाले यसलाई विद्यालयस्तरबाट बालबालिका र सामाजिक अभियानका रुपमा लैजानुपर्ने धारणा व्यक्त गरे ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७