बलिउडमा बायोपिकको लहर, आखिर खान ओशो बन्ने


२६ असार २०७५, मंगलवार
images cms image 000051720

काठमाडौं, २६ असार । बलिउड फिल्म नगरीमा अहिले एकपछि अर्को बायोपिक फिल्म बन्न थालेका छन् । चर्चित बलिउड अभिनेता सञ्जय दत्तको जीवनीमा बायोपिक चलचित्र संजु बनेको छ । अहिले यसको सवत्र्र चर्चा भइरहेको छ । यस्तै वयस्क चलचित्रबाट बलिउड छिरेकी सन्नी लियोनीको पनि बायोपिक बन्दैछ ।images cms image 000051720

अब बलिउडका स्टार अभिनेता आमिर खान र निर्देशक करण जौहर पहिलो पटक एक साथ काम गर्ने भएका छन् । अहिलेसम्म सँगै काम नगरेका आमिर र करण पहिलो पटक ओशोको जीवनीमा आधारित चलचित्रमा सँगै काम गर्ने भएका हुन् । खबरअनुसार ओशोको बायोपिक चलचित्रका लागि आमिरलाई साइन गराइएको छ । यो फिल्म आमिरको होम प्रोडक्सन र करण जौहरको घर्मा प्रोडक्सनले संयुक्त रुपमा निर्माण गर्न लागेको हो ।

यसअघि आमिरले गीता फोगाटको बायोपिक ‘दंगल’मा पनि काम गरिसकेका छन् । यो फिल्मको निर्देशन ‘कपुर एन्ड सन्स’ का निर्देशक शकुन बत्राले गर्दैछन् । ‘ठग्स् अफ हिन्दूस्तान’ का प्रचारप्रसारमा व्यस्त रहेका आमिर यो फिल्मलाई लिएर निकै नै उत्साहित भएका छ । फिल्मको स्क्रिप्ट हेरेपछि अमिरले भनेका छन्, ‘अब तुरुन्तै यसको तयारी शुरु गर्नुपर्छ ।’ यो फिल्म आमिरको ‘ठग्स् अफ हिन्दूस्तान’ पछि रिलिज गर्ने गरी काम अगाडि बढाइने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७