गुणस्तरहीन भनी फर्काएको सामान धमाधम बुझ्दै प्रहरी


२६ असार २०७५, मंगलवार
mattres

काठमाडौं, २६ असार । नेपाल प्रहरीले गुणस्तरहीन भनेर फर्काएको एबीएम सप्लायर्सका राजमान मिश्रले आपूर्ति गरेको १० हजार थान म्याट्रेस मंगलबार बुझिरहेको छ । आर्थिक प्रशासनका एसएसपी प्रकाश अधिकारी र भण्डारका डीएसपी रामहरि पाण्डेले गुणस्तरहीन भनेर आफैंले १ महिनाअघि फर्काएको म्याट्रेस धमाधम बुझिरहेका छन् ।

mattres
राजमान मिश्र

मंगलबार १ गाडी म्याट्रेस राजमान मिश्रले बुझाइसकेका छन् भने बुधबार ११ बजे अर्को एक गाडी बुझाउँदैछन् । असार २८ सम्म उनले ६ गाडी नै गुणस्तरहीन म्याट्रेस बुझाएर ६६ लाख रुपैयाँ भुक्तानी लिनेगरी सेटिङ मिलाइसकेका छन् । १ महिनाअघि गुणस्तरहीन ठहर गरी फिर्ता गरेको त्यही सामान एक महिनापछि कसरी गुणस्तरीय भयो ? यो प्रश्न अहिले प्रहरी हेडक्वार्टरमा हुने गरेको छ ।

ठेकेदार मिश्रले प्रतिपिस ६ सय ६० का दरले ठेक्का पाएका थिए । गुणस्तर फेल भएका सामान स्वीकृत गराउन ठेकेदार मिश्रले शक्तिकेन्द्रमा लबिङ गरिरहेका थिए । सशस्त्र प्रहरीका एक उच्च अधिकारीले नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाललाई ठेकेदार मिश्रको तर्फबाट लबिङ गरेपछि उनले गुणस्तर फेल भए पनि म्याट्रेस लिन आदेश दिएपछि धमाधम लिन थालेको प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७