सशस्त्रका लेखाअधिकृतलाई बिल काट्नै चटारो, विनाटेण्डर सामान खरिद


२६ असार २०७५, मंगलवार
mattres

काठमाडौं, २६ असार । आर्थिक बर्षको समाप्ती हुनै लाग्दा सशस्त्र प्रहरी बलका लेखा अधिकृत गणेशबहादुर मल्ललाई बिल काटेर भ्याईनभ्याई छ । उनले कानुनका छिद्र छलेर आर्थिक बर्षको अन्तिममा टुक्रे खरिद गरेको देखाएर भुक्तानी दिएका छन् । उनले सार्वजनिक खरिद ऐनको प्रावधान छल्न टुक्राटुक्रामा खरिद गरेको देखाएर धमाधम बिल काट्दै भुक्तानी दिइरहेका छन् । ५ लाख रुपैयाँसम्म विनाटेण्डर खरिद गर्न पाइने ऐनको ब्यवस्था सशस्त्रमा दुरुपयोग गरी टुक्रा पार्दै बिल काटेर भ्रष्टाचार भएको छ ।

mattres
ठेकेदार राजमान मिश्र र लेखाअधिकृत गणेशबहादुर मल्ल

लेखाअधिकृत मल्लले राजमान मिश्रबाट तुम्लेट खरिद गरेको भनी ५ लाखका दरले ४ वटा बिल काटी २० लाख रुपैयाँ भुक्तानी दिएका छन् । राजु थापालाई चुस्ताको लार्जेष्ट भेष्ट खरिदको त्यसैगरी ४ वटा बिल काटी ५ लाखका दरले दिएका छन् । अर्का ठेकेदार श्रवण अग्रवाललाई सेतो लट्ठीको ५ लाखका दरले भुक्तानी दिएका छन् । यसरी ऐन छल्नका लागि टुक्रा टुक्रा बिल काटेर तीन ठेकेदारलाई २० लाखका दरले आइतबारदेखि मंगलबारसम्म भुक्तानी दिइसकेका छन् । नेपाल प्रहरीमा यस्ता टुक्रे काम प्रबन्ध शाखाको खुद्रा उपशाखाले गर्दछ । तर सशस्त्रमा सोझै लेखा शाखाबाट दिइएको छ । मिश्रबाट खरिद गरिएको तुम्लेट ३ बर्षअघिक गुणस्तर फेल भएको भनेर सशस्त्रले अस्वीकृत गरेको थियो । मिश्रले तिनै तुम्लेट अहिले दिएर भुक्तानी लिएका छन् । लेखाअधिकृतले मंगलबार पनि ब्याकडेट राख्दै बिल काटिरहेका छन् । कानुनी रुपमा २५ गतेसम्म बिल काट्न पाइन्छ ।

विगतमा ऐन छल्दै करोडौं करोडका टुक्रे खरिद गर्ने सशस्त्रका चार पूर्वआइजीपी बासुदेव ओली, सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र कोषराज वन्त विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । जुन मुद्दाको अझै फैसला भएको छैन । पूर्व लेखाअधिकृत विनबहादुर थापा पनि मुद्दा खेपिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७