सुष्मा भन्छिन्, ‘३४ वर्षको उमेरमै २२ वटा पोइ फेरिसकेँ’ (भिडियोसहित)


२७ असार २०७५, बुधबार
susma

काठमाडौ, २७ असार । किमेडी फिल्म ‘साली कस्को भेनाको’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । भद्र भुजेलको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा दुईअर्थी शब्दको वर्षात छ ।susma

भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको ट्रेलरमा अभिनेत्री सुष्मा कार्कीले ३४ वर्षको उमेरमा २२ वटा श्रीमान फेरिसकेको बताएकी छन् । विल्सन बिक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, जयनन्द लामा, कविता आलेको यो फिल्ममा अभिनय छ ।
प्रसाद श्रेष्ठको प्रस्तुति रहेको फिल्मको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो र काजीमान श्रेष्ठ बिशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन्

। फिल्मको गीतमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत छ । मुभीङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म दीर्घ गुरुङले खिचेका हुन् । पुष्प आचार्यले लेखेको फिल्मको सम्पादन बनिष शाहले गरेका हुन् । ‘साली कस्को भेनाको’ समसामयिक सामाजिक बिषयमा निर्माण गरिएको निर्माता प्रसाद बताउँछन् । प्रसादले यसअघि ’कान्छी’, ’कर्जा’ लगायतका फिल्म निर्माण गरेका छन् ।
हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७