छोरा जन्माउन चाहनु हुन्छ ? यी विधि अपनाउनुस्


२७ असार २०७५, बुधबार
preg

काठमाडौं, २७ असार । अहिले कानूनले नै छोरा र छोरीमा विभेद गर्न नपाइने व्यवस्था गरेको भए पनि अझै पनि छोराका लागि मरिहते गरिरहेका धेरै मानिस हाम्रै आँखा अगाडि भेटिन्छन् । सन्तान प्राप्तिबारे भारतको एक पत्रिकाले केहि धार्मिक विश्वाससँग जोडिएको प्रसङ्ग प्रकाशन गरेको छ । भारतीय पत्रिका मंगलमले छोरा जन्माउनका लागि धार्मिक आस्थासँग जोडिएको केही तरिकाबारे जानकारी गराएको छ । छोरा जन्माउनका लागि लेखमा महिलालाई ६ तरिकाबारे जानकारी दिएको छ । जसलाई अपनाएर छोरा जन्मिने बताइएको छ ।preg

स्वास्थ्य सम्बन्धि जानकारी दिने पत्रिकाको अनुसार यदि महिलाले धेरै खाना खान्छिन् र पश्चिमतर्फ मुख फर्काएर सुत्छिन् भने उनी छोरा जन्माउन सक्षम हुन्छिन् । यस्तै, महिलाले हप्तामा कुन दिन सम्भोग गर्दा छोरा हुन्छ भन्ने विषयमा पनि सल्लाह दिएको छ र यदि कसैले छोरा जन्माउन चाहेमा ती महिलाले कहिले पनि बिहानको नास्ता छोड्न नहुने पनि उक्त पत्रिकाले बताएको छ ।

लेखका अनुसार हप्ताको केही विशेष दिन शुक्राणु निकै सक्रिय हुन्छ जसका कारण छोरा जन्मिने सम्भावना बढ्छ । पुरुषले अमिलो खानेकुराहरु खान छोडेर शुक्राणुलाई बलियो बनाउन सक्ने सल्लाह पत्रिकाले दिएको छ । महिलाको अधिकारको विषयमा आवाज उठाउने ‘द लेडिज फिंगर’ ले यो लेखको अनुवाद प्रकाशित गरेको छ ।

पत्रिकाले व्यंगात्मक शैलीमा टिप्पणी गरेको छ, ‘लिङ्ग परीक्षणविरुद्ध बनेको सबै कानूनका लागि यो ठूलो राहतको कुरा हो । कमसेकम यो विषयमा एउटा चेकलिष्ट छ जसलाई छोरा जन्माउनका लागि अपनाउन सकिन्छ ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७