नेविसंघ विवाद : सभापतिलाई थाहै नदिई अर्को गुटको महाधिवेशन घोषणा


२७ असार २०७५, बुधबार
nebi

काठमाडौं, २७ असार । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्रको विवाद मिल्नुको सट्टा थप चर्किदै गएको छ ।
सभापति नैनसिंह महरको कार्यशैलीबाट असन्तुष्ट बनेका बहुमत पदाधिकारीहरुले बुधबार सभापतिलाई थाहै नदिई अधिबेशन घोषणा गरेका छन् ।nebi

केन्द्रीय उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा बुधबार बाल्मिकी विद्यापीठमा बसेको बैठकले आगामी साउन २३ देखि २५ गतेसम्म कीर्तिपुरमा १२ औं महाधिबेशन आयोजना गर्ने निर्णय गरेको हो । जम्मा केन्द्रीय सदस्यहरुको ८७ जनाको उपस्थितिमा भएको बैठकबाट अधिबेशन घोषणा गरिएको केन्द्रीय सदस्य अनिलबहादुर शाहीले जानकारी दिएका छन् ।

बैठकले उपाध्यक्ष रामप्रसाद अधिकारीको आयोजकत्वमा एक हजार एक सदस्यीय आयोजक समिति गर्ने निर्णयसमेत गरेको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । बैठकबाट महाधिबेशनका लागि भन्दै विभिन्न १३ वटा उपसमितिहरु गठन गरेको छ ।
बैठकमा महामन्त्री कुन्दनराज काफ्ले,उपाध्यक्ष प्रकाश राना, नविन राई, डिल्लीराम सुवेदी र रामप्रसाद अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७