सुन तस्करी काण्डमा पत्रकार पनि पक्राउ


२७ असार २०७५, बुधबार
gold

काठमाडौं, २७ असार । सुन तस्करी काण्डको अनुसन्धानका क्रममा एक जना पत्रकार पनि पक्राउ परेका छन् । सुन तस्करीको छानविन समितिले सूचना विभागको परिचयपत्र बोकेका एक जना पत्रकारसहित ३ पक्राउ गरेको छ ।gold

प्रहरीले असार १६ मा नागढुङ्गाबाट बरामद गरेको ३ किलो सुनको थप अनुसन्धानमा हिन्दु साप्ताहिकका तर्फबाट सूचना विभागले परिचयपत्र जारी गरेका गणेशप्रसाद अधिकारी पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा रहेका अधिकारीलाई थप अनुसन्धानका लागि बुधबार केही सार्वजनिक अपराध ऐनअनुसार म्याद थप गरिएको हो ।

अनुसन्धान टोलीका संयोजक सहसचिव ईश्वरराज पौडेलले ३ किलो सुनसहित पक्राउ परेका भारतीय आरोपीलाई नख्खु र सुन्धारा कारागारमा भेटन गएपछि अधिकारी अनुसन्धानको दायरामा आएको बताएका छन् । उनका अनुसार कारागारमा भेटघाटमा लागि गएका अधिकारी सुन ओसारपसार गर्ने कार्यमा सक्रिय रहेको प्रमाण फेला परेपछि नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको समितिले जनाएको छ । राजश्व अनुसन्धान विभागले ४ जनालाई नख्खु कारागार र महिलालाई केन्द्रीय महिला कारागारमा बन्दी बनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७