नयाँ संरचनामा सशस्त्र प्रहरी, साउनदेखि लागू हुने


२७ असार २०७५, बुधबार

काठमाडौं, २७ असार । सशस्त्र प्रहरी बलले आउँदो साउनदेखि संगठनलाई संघीय संरचनामा लैजाने भएको छ । यो संरचना अन्तर्गत अब सशस्त्र प्रहरीको उपस्थिति ७७ वटै जिल्लामा हुने भएको छ ।Armed Police Force 1

हालको संरचनालाई समयानुकूल पुनरावलोकन तथा परिमार्जन गर्दै संगठनलाई पुनर्संरचना गरी अझ प्रभावकारी एवं समयसापेक्ष बनाउने भन्दै सशस्त्रले साउन १ देखि लागू हुने गरी संघीय कार्ययोजना अन्र्तगत पुनर्संरचना गरेको हो ।

सशस्त्र मुख्यालयको मातहत निकायलाई आवश्यक तयारीका लागि ५ असारमै परिपत्र गरेको थियो । डीआइजी सुरजकुमार श्रेष्ठले मातहत निकाय सबैलाई परिपत्र गरेका हुन्। सशस्त्र प्रहरी बलका एआइजी नारायणबाबु थापासहितको एक समितिले तयार पारेको सांगठनिक पुनर्संरचनासम्बन्धी प्रतिवेदन सरकारले जेठ २७ मा पास गरेको थियो ।

सो प्रतिवेदनअनुसार सशस्त्र प्रहरी बल नेपालको सांगठनिक पुनःसंरचना गरी नयाँ संरचना कायम गर्न विद्यमान दरबन्दीमा हेरफेर, केही कार्यालयको स्तरवृद्धि तथा सबै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति रहने गरी एकाइ स्थापना जस्ता विषय समेटिएका छन् ।

संघीय संरचनाअन्तर्गत बाहिनी, तालिम शिक्षालय, गण, गुल्म र आश्रित गुल्महरूको नामावली तथा एकाइ रहने जिल्लाका साथै संगठन व्यवस्थापन तथा सर्वेक्षणअनुसारको इकाइ दरबन्दी विवरणसहितको विस्तृत कार्ययोजना तयार पारिएको थियो । सो परिपत्रअनुसार सशस्त्र प्रहरी बल नेपालको नयाँ सांगठनिक संरचना नेपाल सरकारबाट स्वीकृत भइसकेको र कार्यान्वयनको चरणमा रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७