कानून संकायको डीन कार्यालयमा तालाबन्दी


२७ असार २०७५, बुधबार
nepal law campus

काठमाडौं,२७ असार: खुला प्रणाली माग राख्दै कानून संकायको डीन कार्यालयमा स्वतन्त्र विद्यार्थीहरुले बुधबार डीन कार्यालयमा तालाबन्दी गरेका छन् ।nepal law campus

केही महिनायता नेपाल ल क्याम्पसमा तीन वर्षे एलएलबी प्रथम वर्षको भर्ना सम्बन्धमा डीन कार्यालयले गरेको कार्यले आफूहरु मर्माहत भएको भन्दै स्वतन्त्र विद्यार्थीहरुले बुधबार डीन कार्यालयमा तालाबन्दी गरेका छन् ।

पहिलेको जस्तै खुला प्रणाली अन्तगृत भर्ना नलिइ विभिन्न बहाना निकाली कानून संकायका डीनकै संलग्नतामा आफू निकटका विद्यार्थीहरुलाई प्रश्नपत्र आउट गरेर प्रवेश परीक्षा लिएको आरोप विद्यार्थीको छ ।tala bandi

डीन कार्यालयको निर्णयका कारण हजारौं विद्यार्थीहरुको पढ्न पाउने अधिकार खोसिएको भन्दै विद्यार्थीले भर्ना प्रकृया अघि नबढेसम्म तालाबन्दी कायमै रहने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७