राखेपद्वारा आठ खेलकुद संघ खारेज


२७ असार २०७५, बुधबार
राष्ट्रिय खेलकुद परिषद्

काठमाडौं, असार २७: राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ८ राष्ट्रिय खेल संघको दर्ता खारेज गरेको छ ।राष्ट्रिय खेलकुद परिषद्
खेलकुद विकास ऐन २०४८ र खेलकुद विकास नियम २०४९ संशोधित सहित खेलकुद गतिविधि सञ्चालन, लेखा परिक्षण नविकरण, निर्वाचन आदि कार्यहरु नगरी राखेपबाट गत जेठ ४ गते राष्ट्रिय दैनिकमा प्रकाशित सूचनालाई पनि परिपालना गरेको नपाईएकोले खेलकुद विकास ऐन २०४८ को दफा १८ को उपदफा २ बमोजिम असार २६ गतेको निर्णयानुसार ८ राष्ट्रिय खेल संघ परिषद्को लगतबाट कट्टा गरिएको हो ।

खारेजीमा परेका संघहरुमा नेपाल बाघचाल संघ, नेपाल बृज संघ, नेपाल सिन्जीनकाई कराते संघ, अखिल नेपाल विद्यालय खेलकुद संघ, गोर्खा एक्सन मार्सल आर्ट्स संघ नेपाल, नेपाल आसिहारा काईकान कराते डो संघ, एभिएसन स्पोर्ट्स एसोसिएसन नेपाल र नेपाल एमेच्योर किक बक्सिङ संघ रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७