गेसोले मनायो २८ औं स्थापना दिवस, एकतालाई अक्षुण राख्ने सभापतिको प्रतिबद्धता


२७ असार २०७५, बुधबार
Gaeso established day lawer and krishna kumar rai 1
????????????????????????????????????


काठमाडौं, २७ असार : 
गोर्खा भूतपूर्व सैनिक संघले आफ्नो २८ औं स्थापना दिवस मनाएको छ । गोर्खाहरुको अधिकार प्राप्तीका लागि निरन्तर संघर्षरत गेसोले काठमाडौंमा विशेष कार्यक्रम गरेर आफ्नो स्थपना दिवस मनाइएको हो । आफ्नो २८ औं स्थापना दिवसमा गेसो नेतृत्वले गोर्खाहरुको एकतालाई थप उचाईमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।

Gaeso News 43 1

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा गेसो सभापति कृष्णकुमार राईले गोर्खाहरुबीच भएको एकता कहिल्यै नटुट्ने बताए । गोर्खाहरुको माग र मुद्दाको लागि एकता अनिवार्य भएको बताउदै त्यसलाई अक्षुण राख्ने बताए । यदि कसैले एकता भाड्न खोजे त्यसको प्रतिरोध गर्ने बताए । केही मान्छेहरु एकता भाड्न लागेको तर्फ पनि उनले खबरदारी गरे । गोर्खाहरुका साना संगठन र मोर्चालाई एकीकृत गरेर आन्दोलन र अभियानलाई लैजाने आफ्नो संकल्प पुरा भएको भन्दै खुसी पनि व्यक्त गरे ।

सभापति राईले गेसोले अहिलेसम्म गरेका आन्दोलन र अभियान बारेमा संक्षिप्त जानकारी दिदै भबिष्यका कदम बारे बताए । उनले गोर्खाहरुको अधिकार प्राप्तीका लागि गेसोले निरन्तर संघर्ष गरेको संस्मरण गर्दै अझैं प्राप्ती बाँकी रहेको बताए ।

यो पनि पढ्नुहोस् :-

गेसोले यसरी मनायो २८ औं स्थापना दिवस (फोटो फिचर)
गेसो सभापतिको प्रश्न, ‘सरकार अहिले नबोले कहिले बोल्ने ?’ {भिडियो}
गेसो, ह्वो एण्ड को र जोअना लुम्लीको सहकार्यले ऐतिहासिक उपलब्धी : डेबिट हो

सभापति राईले आन्दोलनको बलमा अहिले त्रिपक्षीय प्राबिधिक समितिले प्रतिवदेन तयार पारेको जानकारी दिए । अब समितिले सिफारिस गरेका मुद्दाहरु सम्बोधनका निम्ती नेपाल सरकारले तत्काल वार्ता समिति गठन गर्नुपर्ने उनको भनाई छ । नेपाल सरकारले वार्ता समिति बनाउनका लागि तत्काल पहल गर्नुपर्ने उनको माग छ । उनले यो केवल गोर्खाहरुको मात्रै समस्या नभएर आम नेपालीहरुको समस्या भयो । उनले सोधे, ‘अब आफ्ना नागरिकको लागि नेपाल सरकार बोल्ने दिन आयो । अब पनि नबोले कहिले बोल्ने हो ?’

Gaeso News 84

कार्यक्रमका प्रमुख अतिथि बेलायतस्थित कानुनी परामर्शदाता फर्म ह्वो एण्ड कम्पनीका वरिष्ठ वकिल डेबिट होले गेसोसँग सहकार्य गर्न पाउदा गर्व लागेको बताए । गोर्खाहरुको लागि गेसोले गरेको आन्दोलनको प्रंशसा समेत गरे । सभापति कृष्णकुमार राईको नेतृत्वले गोर्खाहरुको आन्दोलन राम्रोसँग अघि बढाएको भन्दै उनले बधाई समेत दिए ।

कार्यक्रममा लण्डनस्थित कानुनी परामर्शदाता फर्म ह्वो एण्ड कम्पनीका नेपाली विभागका प्रमुख प्रकाश रानाले बेलायतको अध्यागमन नियम, गोर्खाहरुको लागि कानुनी प्रक्रिया बारेमा जानकारी गराए । उनले गोर्खाहरुका सन्तानहरुले सोधेको प्रश्नको उत्तर दिएका थिए ।

गेसो सल्लाहकार महेन्द्रलाल राईले गेसो गोर्खाहरुको लागि निरन्तर आन्दोलन गरीरहेको बताए । उनले गोर्खाहरुले अनेकौं अबरोध र समस्याकोबीच पनि यो आन्दोलनलाई यहाँसम्म ल्याएको बताए ।  कार्यक्रमको स्वागत उपसभापति जीतबहादुर राईले गरेका थिए भने सञ्चालन सचिव बुद्धीराज राईले गरे ।

Mahendra
सल्लाहकार महेन्द्रलाल राई ।
Gaeso News 22 1
उपसभापति जितबहादुर राई
Gaeso established day 3
ल फर्मका अधिवक्ताद्धय।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७