निर्धारित समयमा इङ्ल्याण्ड र क्रोएशियाबीच बराबरी, खेल अतिरिक्त समयमा धकेलियो


२८ असार २०७५, बिहीबार

काठमाडौं, २७ असार (एजेन्सी) ।  रसियामा जारी विश्वकप फुटबलको सेमिफाइनलको इङ्ल्याण्ड र क्रोएशियाबीचको खेल अरिरिक्त समयमा धेकेलिएको छ । रसियाको लुजनिकी स्टेडिममा अहिले भइरहेको खेलको निर्धारित समयमा १–१को बराबरीमा सकिएपछि खेल अरिरिक्त समयमा धकेलिएको हो ।

खेलमा इङल्याण्डले पाँच मिनेट लिएको अग्रतालाई क्रोएसियाले ६८ औं मिनेटमा बराबरी गरे थिए । त्यसपछि गोलको प्रयास भएपनि निर्धारित समयमा थप गोल हुन सकेन् ।

इङ्ल्याण्डले खेल सुरू भएको ५ मिनेटमा नै फ्रिकिकबाट गोल गरेर अग्रता लिएको थियो । इङल्याण्ड लागि मिडफिल्डर किरियन ट्रिपियरले गोल गरे । डिवक्सबाहिर फल भएपछि क्रोएशियाविरूद्ध पाएको फ्रिकिक मार्फत गोल गरेका हुन् । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।

क्रोएशियाका लागि इभान पेरिसिकले गरेका हुन्। । सिमी भर्सजिकोले डी बक्समा उठाएर दिएको बललाई पेरिसिकले पोस्टको दिशा दिएका थिए ।

यस खेलको विजेताले विश्वकप उपाधिका लागि फ्रान्ससँग खेल्नेछ । भने पराजित हुने टोली त्यसअघि तेस्रो स्थानका लागि बेल्जियमसँग खेल्नेछ । फ्रान्सले मंगलबार भएको पहिलो सेमिफाइनलमा बेल्जियमलाई पराजित गर्दै फाइनलमा स्थान बनाई सकेको छ ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७