अाजकाे राशिफल-वि.सं. २०७५ साल असार २८ गते।


२८ असार २०७५, बिहीबार
rashifal today

पञ्चाङ्ग

वि.सं. २०७५ साल असार २८ गते। बिहीबार। इश्वी सन् २०१८ जुलाई १२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– चतुर्दशी, ११:२१ बजेउप्रान्त औंसी। नक्षत्र– आर्द्रा, २२:३७ बजेउप्रान्त पुनर्वशु। योग– ध्रुव, १३:३४ बजेउप्रान्त व्याघात। करण– शकुनि, ११:२१ बजेदेखि चतुष्पद, २२:०९ बजेउप्रान्त नाग। आनन्दादिमा काण योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ५:१७ बजे, सूर्यास्त– १९:०० बजे र दिनमान ३४ घडी १८ पला। दर्शश्राद्ध। निशी बार्ने (औंसी)।

मेष

ic sodiac 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ । कार्य शिद्धिको योग छ । शिक्षामा सफलता मिल्नेछ । रोमाञ्चक यात्रा हुनेछ ।

बृष

ic sodiac 2

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

मिथुन

ic sodiac 3

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । रोकिएको धन हात पर्ला । मन प्रफुल्ल रहला । प्रेममा मधुरता छाउला ।

कर्कट

ic sodiac 4

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । सामान हराउन सक्नेछ सचेत रहनुहोला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । पारिवारिक समस्या आउनेछ ।

सिंह

ic sodiac 5

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । रोकिएको धन हाता पर्नेछ ।

कन्या

ic sodiac 6

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । बाहन सुख मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । स्वादिष्ट भोजन पाईनेछ । आर्थिक लाभ रहला ।

तुला

ic sodiac 7

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । कार्यमा सफलता पाईनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शुभ समाचार सुन्न पाइएला ।

बृश्चिक

ic sodiac 8

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सरकारी निकाएको भय रहला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । चोटपटक लाग्नेछ । खर्चको मात्रा बढ्नेछ । व्यवसायमा मन्दी आउला ।

धनु

ic sodiac 9

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मान प्रतिष्ठामा बृद्धि होला । प्रेम सम्बन्ध कसिलो हुनेछ । लक्ष्मीको शुभ दृष्टि रहला, मनमा उत्साहका साथै बोली बिक्ने समयछ ।

मकर

ic sodiac 10

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेमी सङ्ग भेटघाट सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बोलीको प्रभाब बढ्नेछ । शुभ समाचार सुन्नमा आउला ।

कुम्भ

ic sodiac 11

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट होला । प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । शुभ समाचार सुन्नमा आउला ।

मीन

ic sodiac 12

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामान हराउने वा नष्ट हुनेछ । कामहरु अधुरै रहलान् । घर व्यवहारको समस्याले सताउला । सरकारी निकाएको भय रहला । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७