इङ्ल्याण्डलाई हराउँदै क्रोएसिया पहिलो पल्ट विश्वकपकाे फाइनलमा

उपाधिका लागि फ्रान्ससँग भिड्ने


२८ असार २०७५, बिहीबार

काठमाडौं, २७ असार (एजेन्सी) । क्रोएसिया रसियामा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेकाे छ । बुधबार राति रसियाको लुजनिकी स्टेडिममा भएको सेमिफाइनलमा इङ्ल्याण्डलाई २–१ गोलले हराउँदै फाइनलमा पहिलो पल्ट पुगेको हो । फाइनलमा क्रोएशियाले आइतबार उपाधिका लागि फ्रान्सको सामना गर्नेछ ।

खेल निर्धारित समयमा १–१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो हाफमा क्रोएसियाका मारियो मान्डजुकिकले गोलले गरे । खेलको १०९ औं मिनेटमा उनले ६ यार्ड नजिकैबाट गरेको उक्त गोल नै खेलको निर्णायक गोल बन्न पुगे ।

क्रोएसिया सन १९९८ मा पहिलो पटक विश्वकपमा सहभागी भएको थियो । सो विश्वकपमा नेदरल्याण्डलाई हराउँदै तेश्रो भएको थियो । सो विश्वकपमा ५ गोल गरेका क्रोएसियाका डाभोर सुकरले सर्वाधिक गोलकर्ताका रूपमा गोल्डेन बुट जितेका थिए । भने त्यही विश्वकपमा फ्रान्ससँग २–१ ले पराजित भएपछि त्यतिबेला ‘डार्क हर्स’को उपाधि पाएको क्रोएशिया फाइनल पुग्न सकेको थिएन् । २० वर्षपछि क्रोएशियाले फ्रान्ससँग सो पराजयको बदला लिने माैका पाएकाे छ । 

यसअघि खेलको पाँच मिनेटमै इङल्याण्डले अग्रता लिएको थियो । इङल्याण्ड लागि मिडफिल्डर किरियन ट्रिपियरले गोल गरेका थिए । डिवक्सबाहिर फल भएपछि क्रोएशियाविरूद्ध पाएको फ्रिकिक मार्फत गोल गरेका हुन् । उनको यो पहिलो अन्तराष्ट्रिय गोल हो ।

37022194 1762661173822178 6559537056773570560 n

पहिलो हाफमा १–०ले पछि परेको अवस्थमा क्रोएसियाले ६८ औं मिनेटमा बराबरी गरे थिए । क्रोएशियाका लागि इभान पेरिसिकले गरेका हुन्। । सिमी भर्सजिकोले डी बक्समा उठाएर दिएको बललाई पेरिसिकले पोस्टको दिशा दिएका थिए । त्यसपछि गोलको प्रयास भएपनि निर्धारित समयमा थप गोल हुन सकेन् ।

पराजित टोली इङल्याण्डले तेस्रो स्थानका लागि बेल्जियमसँग खेल्नेछ । फ्रान्सले मंगलबार भएको पहिलो सेमिफाइनलमा बेल्जियमलाई पराजित गर्दै फाइनलमा स्थान बनाई सकेको छ ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७