पहिरोले अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन


२८ असार २०७५, बिहीबार
pokhara baglung highway.jpg

पर्वत, २८ असार । अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएको पोखरा–बागलुङ सडक खण्ड १२ घण्टापछि सञ्चालन भएको छ । pokhara baglung highway.jpg

पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण गए राति १० बजेबाट सडक अवरुद्ध भएको थियो । बिहान १० बजेदेखि बाटो सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । सडक खुलेसँगै रातिदेखि नै सडकमा अलपत्र परेका सयौँ सवारी साधन गन्तव्यतर्पm लागेका छन् । पोखरा बागलुङ सडकखण्डको वैकल्पिक सडक नहुँदा यात्रुहरु रातभर नै सावरीसँगै सडकमै अलपत्र परेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र डिमुवा प्रहरी चौकीले संयुक्त रुपमा रातिदेखि नै डोजरको प्रयोग गरेर पहिरो हटाउने प्रयास गरेका थिए । अहिले वर्षा रोकिएका कारण बाटो खुलाउन सकिएको भए पनि फेरि वर्षा हुँदा साथ बाटो अवरुद्ध हुने अवस्था रहेको पहिरो गएको स्थानमा रहेका ट्राफिक प्रहरी काशीनाथ चौधरीले बताए । वर्षा शुरु भएसँगै भ्याप्ले खोलामा पहिरो खस्ने गरेका कारण पोखरा बागलुङ सडक खण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७