दृष्टिविहिन रेणुकाको उपचार खर्चका लागि निर्मित गीत सार्वजनिक (भिडियोसहित)


२८ असार २०७५, बिहीबार
Renuka Rai

काठमाडौ, २८ असार । चर्चित संगीतकार सुमन राई र दृष्टि बिहिन गायिका रेणुका राईको स्वरमा रहेको ‘बाच्न मलाई’ बोलको गीत सार्वजनिक भएको छ । दृष्टि विहिन रेणुकाको जीवन कहानीलाई मेल खाने गरी बनाइएको गीत बुधबार युटुयुब मार्फत सार्वजनिक गरिएको हो । Renuka Rai

नौ वर्षको उमेर आँखाको दृष्टि गुमाएकी गायिका रेणुका राईले आफ्नो आँखाको उपचार गराउनकै निम्ति सडकमा संघर्ष गर्दे आएकी छिन् । उनको इच्छा अनुसार गायक तथा संगीतकार सुमन राई, ईन्द्र जिजीबिषा, मिना राई, जानु काम्बाङ्ग लिम्बु, मूलघरे कान्छा( राजेन खिम्बुले राई)को पहलमा उक्त गीत रेकर्ड गराईएको थियो ।

सार्वजनिक गीतको शब्द रचना जानु काम्बाङ्ग लिम्बुले गरेकी हुन् भने संगीतर एरेन्ज सुमन राईले गरेका छन् । मिक्सिङ्ग र मास्टरिङ्ग भने मिन बिष्टले गरेका हुन् । सार्वजनिक गीतको भिडियो सम्पादन भने अनिल कुमार महर्जनले गरेका हुन् ।

गीतको अहिले स्टुडियो भिडियो सार्वजनिक गरिको छ । भने म्युजिक भिडियो पनि चाडै बजारमा ल्याउने संगितकार तथा गायक सुमन राईले बताए ।

अहिले रेणुका राईको उपचार सहयोगको लागि देश बिदेशमा सहयोग जुटाउने क्रम तिब्र रहेको छ । सार्वजनिक गीतबाट आएको पैसा पनि रेणुकाकै सहयोगको निम्ति खर्च गरिने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७