नवलपरासीमा बस दुर्घटना, एकको मृत्यु, २९ घाइते


२८ असार २०७५, बिहीबार
accident

नवलपरासी, २८ असार । नवलपरासीको भूमहीमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने २९ यात्रु घाइते भएका छन् ।
नारायणघाटबाट नेपालगञ्जतर्फ जाँदै गरेका ना ६ ख ९४३८ नम्बरको यात्रुबाहक बस बिहीबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।accident

मृत्यु हुनेमा गुल्मी, मालिका गाउँपालिका–१, अर्चेङका ३७ वर्षीय गणेश लम्साल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको बसमा च्यापिएर मृत्यु भएको हो । घाइतेहरुको भैरहवा मेडिकल कलेज रुपन्देही र भुमहीस्थित रामनगर सामुदायिक हस्पिटलमा उपचार भइरहेको र घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७