शक्तिशाली प्रधानमन्त्रीले सामान्य उपकुलपतिसँग भिड्न शोभा दिंदैन : प्रदीप गिरी


२८ असार २०७५, बिहीबार
prdeep giri

काठमाडौं, २८ असार । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई दुव्र्यवहार गरेर सरकारले जनतालाई तर्साउन खोजेको आरोप लगाएका छन् ।prdeep giri

संसदमा बोल्दै उनले आफूलाई शक्तिशाली मान्ने प्रधानमन्त्रीले सामान्य उपकुलपतिसँग भिड्न शोभनीय नहुने बताए । संसदमा विशेष समय लिएर बोल्दै गिरीले अहिले प्रधानमन्त्रीले तागत नभई गरिमा देखाउने बेला भएको बताए । केपी शर्मा ओली दक्षिण एसियाकै शक्तिशाली प्रधानमन्त्री भएको भन्दै गिरीले संसदमा भने, यो प्रधानमन्त्रीले गरिमा देखाउने बेला हो, कुलप्रसाद कोइराला जस्तो साधारण नागरिकलाई तुजुक देखाउने बेला होइन ।’

सांसद गिरीले यदि प्रधानमन्त्रीलाई थाहा नदिई उपकुलपतिलाई दुव्र्यवहार गरिएको भए माफी माग्नुपर्ने बताएका छन् । ‘उहाँबाट अञ्जानमा यो घटना घट्न गएको छ भने कमसेकम सम्वन्धित व्यक्तिलाई फोन गरेर मलाई दुःख लागेको छ, अफसोच छ भन्नुपर्छ’ गिरीले भने, ‘होइन भने हामीले बुझ्नुपर्छ, बुढी मरी भन्ने पीर होइन, बाघ पल्कियो भन्ने पीर हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७