बलिउड अभिनेता रितेश देशमुख लोकसभा चुनाव लड्दै


२८ असार २०७५, बिहीबार
ritesh deshmukh

काठमाडौं, २८ असार । बलिउडका सफल र चर्चित नायक रितेश देशमुख राजनीतिमा होमिएका छन् । उनी २०१९ मा हुने लोकसभा चुनावमा कांग्रेसको तर्फबाट प्रतिष्पर्धा गर्ने भएका छन् ।ritesh deshmukh

उनका बुवा विलासराव देशमुख महाराष्ट्रका पूर्व मुख्यमन्त्री थिए । बुबालाई पछ्याउदै उनी राजनीतिमा प्रवेश गर्न लागेका हुन् । यद्यपि, राजनीति प्रवेशबारे उनको औपचारिक प्रतिक्रिया भने आएको छैन । रितेश अहिले फिल्म ‘टोटल धमाल’ मा व्यस्त छन् । यो फिल्ममा उनी अनिल कपुर, माधुरी दीक्षित र अजय देवगणसँग स्क्रिन शेयर गर्दैछन् ।

यसका अलावा उनी अक्षय कुमार र बबी देवलसँग ‘हाउसफुल ४’ मा पनि काम गर्दैछन् । मराठी फिल्ममा लोकप्रिय रहेका उनको राजनीतिमा प्रवेशलाई धेरैले चासोका साथ हेरिरहेका छन् । मराठी समुदायमा उनको निकै ठूलो फ्यान फलोइङ छ । राजनीतिमा लागेर बाबुको उचाईलाई छुन सक्छन् वा सक्दैनन् त्यो चाहिँ भविष्यले नै बताउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७