माइकल ज्यानक्सनको मृत्युको कारण आफ्नै बुबा


२८ असार २०७५, बिहीबार
Michael Jackson and Joe Jackson Photos

काठमाडौं, २८ असार । नौं बर्ष अगाडि निधन भएका पप गायक माइलक ज्याक्सनको मृत्युको कारण अझै पनि खोजी हुने गरेको छ । ९ बर्षपछि माइकल ज्याक्सनको उपचारमा संलग्न भएका एक डाक्टरले सबैलाई चकित पार्ने रहस्य खुलासा गरेका छन् । उनले आफ्नै पिताका कारण माइकल ज्याक्सनले लागूऔषधको सेवन गरेको आरोप लगाएका छन् ।Michael Jackson and Joe Jackson Photos

माइकल ज्याक्सनको उपचार संलग्न डा. कोनोर्ड मरैले एउटा ब्लास्ट पब्लिकेशलनाई अन्तरवार्ता दिंदै उनले यस्तो कुरा बताएका हुन् । ‘आफ्नो छोरा (माइकल ज्याक्सन) ले आफ्नै पिताका कारण लागूऔषध सेवन गर्ने गरेका थिए’ उनले भनेका छन्, ‘माइकलका पिता आफ्नो छोराप्रति निकै रुष्ट थिए ।’ माइकल ज्याक्सनको बुबालाई डाक्टरले संसारकै सबैभन्दा खराब पिताको रुपमा व्याख्या गरेका छन् । माइलकले उनको पिता देख्ने वित्तिकै डरले उल्टी गर्ने गरेको डाक्टरको भनाइ छ । सबैलाई जानकारी छ सन् २००९ जुन २५ तारिखमा माइकल ज्याक्सनको ५० वर्षको उमेरम निधन भएको थियो ।

यस घटनामा उपचारमा संलग्न भएका डा. मरैलाई दोषी ठहर गरिएको थियो । ‘मलाई थाहा छ की माइकलले पटक–पटक आफ्ना खराब पिताको बारेमा बताएका थिए’ डा. मरैले भने, ‘उनले माइकललाई हार्मोनको इंजेक्सन दिने गरेका थिए ।’ जसका कारण उनको उच्च पिचमा रहेको आवाजलाई व्यवस्थित गर्ने उद्देश्य थियो ।

तर माईकल ज्याक्सनका छोरा प्रिंसले समाजिक सञ्जालमार्फत आफ्नो हजुरबुबाको बचाउ गरेका छन् । ‘मेरा हजुरबुबाले कुनै पनि गलत काम गर्नुभएको छैन’ उनले एउटा भिडियो सामाजिक सञ्जमाल सार्वजनिक गर्दै भनेका छन्, ‘उनले आफ्नो बच्चाको राम्रो ख्याल गर्ने गर्नुभएको थियो ।’ माईकल ज्याक्सनका पिताको २० जुनमा निधन भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७