आफ्नै कार्यकर्ता कुट्ने कांग्रेसका विद्यार्थी नेता पक्राउ


२८ असार २०७५, बिहीबार
nebisangh

काठमाडौं, २८ असार । आफ्नै कार्यकर्ता कुटेको आरोपमा नेपाली कांग्रेसको विद्यार्थी नेता पक्राउ परेका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय सदस्य प्रेमबहादुर शाहीलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।nebisangh

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघकै कार्यकर्ता प्रकाश खड्का र जगदिश भट्टलाई कुटपिट गरेको आरोपमा पक्राउ परेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका केन्द्रीय सदस्य शाहीलाई सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ । उनलाई महानगरीय प्रहरी बृत्त कीर्तिपुरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७