कमल थापाले २० विभाग बनाउँदै छाने समिति प्रमुख


२८ असार २०७५, बिहीबार
Kamal thapa 840

काठमाडौं, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विभिन्न २० वटा विभाग तथा समितिमा प्रमुखको मनोनयन गरेका छन् ।Kamal thapa 840

थापाले सूचना तथा प्रविधि विभागको प्रमुखमा आफैलाई राखेका छन् भने राजनीतिक विभागमा वुद्धिमान तामाङ, अनुशासन समितिमा राजीव पराजुली, स्थानीय निकाय परिचालन विभागमा टंक ढकाल, पर्यटन विभागमा दिलविकास राजभण्डारी, संगठन विभागमा राजेन्द्र लिंदेनलाई प्रमुखको जिम्मेवारी दिएका छन् ।

अनुसन्धान तथा योजना विभागमा डा. विष्णु भण्डारी, खेलकुद विभागमा उद्धव थापा, उद्योग प्रवद्र्धन विभागमा पुष्कर ढुंगेल, वाणिज्य क्षेत्र समन्वय विभागमा लक्ष्मीप्रसाद संग्रौला, अपांग हित सम्वर्द्धन विभागमा निना भेटवाल, प्रवास विभागमा विजय खड्का र कला साहित्य तथा संस्कृति विभाग प्रमुखमा बेटी बज्राचार्य चयन भएको राप्रपाले जनाएको छ ।

त्यस्तै अन्तर्राष्ट्रय सम्बन्ध विभागमा जयन्त चन्द, सम्पर्क समाज समन्वय विभागमा भास्कर भद्रा, आर्थिक विभागमा उद्धव पौडेल, संयोजित संगठन समन्वय विभागमा सुशील श्रेष्ठ, प्रशिक्षण विभागमा भुवन पाठक, न्यायिक समितिमा कुन्ती शाही, प्रचार विभागमा मोहन श्रेष्ठ प्रमुख तोकिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७