रियल म्याड्रिड छाडेपछि क्रिस्टियानो रोनाल्डोले लेखे भावुक पत्र


२८ असार २०७५, बिहीबार
cristiano ronaldo 1v1eee3hpclft13hcwdk791jtk

काठमाडौं, २७ असार(एजेन्सी) । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाडेपछि आफनो निवर्तमान क्लबलाई भावुक पत्र लेखेका छन् । रोनाल्डोले ९ वर्ष विताएका स्पेनिस क्लब रियल म्याड्रिड छोड्दै इटालिएन क्लब युभेन्टसमा अनुबन्ध भएका छन् ।cristiano ronaldo 1v1eee3hpclft13hcwdk791jtk

उनी विश्वको चौथो महंगो खेलाडी बन्दै मंगलबार राति इटालियन क्लब यूभेन्ट्ससँग १ सय २० मिलियन यूरोमा चार वर्षका लागि यूभेन्ट्स अनुबन्ध भएका छन् । उनले हरेक सिजनमा ३० मिलियन युरो पाउँनेछ । सन् २००९ मा म्यानचेस्टर यूनाइटेडबाट उनी ८० मिलियन पाउन्डमा रियल आएका थिए ।

२३ वर्षको उमेरमा रियल म्याड्रिडमा आएपछि क्लबले थुप्रै महत्वपूर्ण उपलब्धि हासिल गरे । भने उनले पाँच पल्ट बलोन डी अवार्ड जिते । खेल जीवनको सबै भन्दा उर्वर समयमा म्याड्रिड विताएका उनले त्यही वर्ष जिन्दगीका सबैभन्दा खुसीले भरिएका वर्ष भएका छन् । उनले भनेका छन्, ‘मैले रियल म्याड्रिड क्लब र म्याड्रिड सहरमा बिताएका वर्ष जिन्दगीका सबैभन्दा खुसीले भरिएका वर्ष थिए । म अहिले क्बल, प्रशंसक र यो सहरप्रति हृदयदेखि नै आभारी छु ।’

उनको पत्र यस्तो छ

मैले रियल म्याड्रिड क्लब र म्याड्रिड सहरमा बिताएका वर्ष जिन्दगीका सबैभन्दा खुसीले भरिएका वर्ष थिए । अहिले क्बल, प्रशंसक र यो सहरप्रति हृदयदेखि नै म आभारी छु । मप्रति सहृदयता र माया देखाउने सबैप्रति पनि आभारी छु ।

मलाई विश्वास छ, जिन्दगीको नयाँ अध्याय सुरू गर्ने बेला आइसक्यो त्यही भएर मैले क्लबसँग छोडेर जान अनुमति मागें । म प्रशंसक र सबैजनालाई यो कुरा बुझिदिन आग्रह गर्छु ।

मैले जिन्दगीका सुनौला ९ वर्ष यहाँ बिताएँ । हरेक वर्ष विशेष भए । यो उत्साहको समय थियो साथसाथै ती वर्षहरू कठिन पनि थिए । किनकी रियल मेड्रिडसँगको अपेक्षा उच्च थियो । जे भए पनि मैले जसरी यहाँ युनिक तरिकाले फुटबलको आनन्द लिएँ त्यो कहिल्यै बिर्सने छैन ।

मैदान र ड्रेसिङ रुममा म अदभुत् साथीहरूसँग हुन्थे । समर्थकबाट अविश्वनीय माया पाएँ । हामीले सँगै तीन पटक च्याम्पियन्स लिगको उपाधि उचाल्यौं । पाँच वर्षमा चार पटक प्रतियोगिता जित्यौं । योसँगै व्यक्तिगत रूपमा पनि मैले चार पटक ब्यालेन डे अर जितें । तीन चोटी गोल्डेन बुट पाएँ । यसले मलाई सन्तोष मिलेको छ ।

यो क्लबमा मैले बिताएको समयमा हरेक कुरा अनौठा र असाधारण भए । रियल मेड्रिड मेरो र मरो परिवारको मनमुटुमा बसेको छ । त्यही भएर पनि यतिबेला म सबैभन्दा बढी धन्यवाद भन्न चाहन्छु–क्बल, अध्यक्ष, निर्देशक, सहकर्मी, सबै प्रशिक्षक, चिकित्सक, फिजियो र ती सबै कर्मचारी जसले अनवरत हरेक क्षण हुनु पर्ने काम गरे ।

फेरि पनि हाम्रा समर्थक र स्पेनिश फुटबललाई मुरीमुरी धन्यवाद ! ९ वर्षको अवधिमा म केही आउटस्ट्यान्डिङ खेलाडीविरूद्ध उत्रिएँ । मलाई उनीहरू सबैप्रति सम्मान छ । धेरै सोचविचार गर्दा जिन्दगीमा नयाँ अध्यायको सुरुआत गर्नुपर्ने निष्कर्षमा म पुगें । क्लब छोडेर जहाँ पुगे पनि यो जर्सीप्रति, यो ब्याचप्रति र सान्टिआगो बर्नाबाउप्रतिको निष्ठा जारी रहिरहनेछ ।
सबै जनालाई धन्यवाद। अँ साँच्चै ९ वर्षअघि पहिलो पटक रंगशाला छिर्दा भनेजस्तै, हाला मेड्रिड !

रोनाल्डोले रियलमा विताएका ९ वर्ष
उनी रोनाल्डो रियल आएपछि ला लिगा दुई पल्ट र चार पटक च्याम्पियन्स लिगको उपाधि जिताउन सहयोग गरेका थिए । यस्तै उनले सन् २०१३, २०१४, २०१६ तथा २०१७ मा गरी चार पल्ट बलोन डी ओर अवार्ड जिते । उनले रियल आउनु अघि २००८ पनि बलोन डी आर अवार्ड जितिसकेका थिए ।

उनी रियल मड्रिडका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडीसमेत भएका छन् । उनले क्लबबाट चार सय ५१ गोल गरेका छन् ।
उनी युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्बा्धिक गोलकर्ता हुन । भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्बा्धिक गोल गरेको कीर्तीमान पनि बनाएका छन् ।

उनी चारपटक युरोपियन गोल्डेन शू जित्ने पहिलो खेलाडी हुन् । सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ६०० भन्दा धेरै गोल गरिसकेका छन ।

उनीलाई विश्व फुटबलका सबैभन्दा महान खेलाडीहरू मध्येका एक मानिन्छ । उनलाई सन २०१५ मा पोर्चुगलको फुटबल संघद्वारा पोर्चुगलको इतिहासमा हालसम्मको सबैभन्दा महान खेलाडी घोषणा गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७