ह्याण्डबल प्रशिक्षक बिराटलाई बिदाई


२८ असार २०७५, बिहीबार
Rim Ranabhat Director of NIS giving away token of love to coach Birat Man Bajracharya 78sl0aoa3P

 

काठमाडौं २८ असार:  ह्याण्डबलका प्रशिक्षक बिराटमान बज्राचार्यलाई तालिम तथा प्रशिण विभागले शुभकामना सहित बिदाई गरेको छ ।
बज्राचार्य उमेर हदका कारण परिषदबाट आजका मितिदेखि अवकाश भएका छन् ।Rim Ranabhat Director of NIS giving away token of love to coach Birat Man Bajracharya 78sl0aoa3P

धनुषा जिल्ला निवासी बज्राचार्य २०५० साल पौष २१ गते सहायक प्रशिक्षकको रुपमा करारमा राष्ट्रिय खेलकुद परिषदमा सेवा प्रवेश गरेका थिए । २०५२ साल अशोज १ गते देखि स्थाई भई ह्याण्डबलमा सेवा प्रदान गर्दै आईरहेका प्रशिक्षक बज्राचार्य काठमाण्डौ जिल्ला खेलकुद विकास समितिमा कार्यरत थिए ।

२०३८ सालमा पौडी खेलाडीको रुपमा खेलकुदमा उदाएका बज्राचार्य एथलेटिक्सका खेलाडी हुंदै ह्याण्डबलका खेलाडी हुंदै प्रशिक्षक भएका थिए ।

बज्राचार्यलाई तालिम तथा प्रशिक्ष विभागका निर्देशक रिमबहादुर रानाभाट, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जून बि.क. लगायत उपनिर्देशक, प्रमुख प्रशिक्षक तथा कर्मचारीहरुले खादा तथा टिका लगाउंदै बिदाई गरे । यसका साथै तालिमका प्रमुख रानाभाटले प्रशिक्षक बज्राचार्यलाई सवैका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७