किस्ताबन्दीमा तिर्नेगरी १ रुपैयाँमै भिभोको फोन पाइने


२८ असार २०७५, बिहीबार
1531400654vivo

 

काठमाडौं, असार २८: ईजी मोबाइल केयर प्रालिले मोबाइल खरिदकर्ताहरुका लागि नयाँ अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत ग्राहकले बाँकी रकम किस्ताबन्दीमा बुझाउने गरी एक रुपैयाँमै भिभोको फोन खरिद गर्न पाउनेछन्।1531400654vivo

न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले भिभो ब्राण्डको कुनैपनि स्मार्टफोन मासिक किस्ताबन्दीमा खरिद गर्न सकिने अफर ल्याएको हो।

अध्यक्ष संजित पौडेलका अनुसार यसरी खरिद गरिएको फोनमा कुनै पनि ब्याज शुल्क लाग्ने छैन। ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सक्ने उनले बताए।

यसबाहेक कम्पनीले बिक्री गर्ने कुनैपनि ब्राण्ड र मोडलका मोबाइल सेटहरुमा थप १ वर्षको वारेन्टी दिने गरेको छ। अन्य कम्पनीबाट मोबाइल किन्दा १ वर्षको मात्र वारेन्टी हुने गरेकामा ईजी मोबाइल केयर प्रालिबाट खरिद गरेको मोबाइलमा थप १ वर्षको वारेन्टी पाईने उनले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७