एनआईसी एसिया बैंकको अमरगढी र सिलगढीमा शाखा थप


२८ असार २०७५, बिहीबार
NIC Asia Bank

काठमाडौं, असार २७: एनआईसी एसिया बैंकले एकसाथ दुई नयाँ शाखा कार्यालयहरु थपेको छ। डडेल्धुरास्थित अमरगढी नगरपालिका र दिपायलको सिलगढीमा बैंकले थप शाखाहरु संचालनमा ल्याएको हो।NIC Asia Bank

अमरगढी शाखाको मेयर विशेश्वर प्रसाद ओझा र सिलगढी शाखाको मेयर मञ्जु मलासीले उद्घाटन गरे। बैंकका देशभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन्।

बैंकको वासलातको आकार १७७ अर्ब पुगेको छ। कुल निक्षेप करिब १५१ अर्ब तथा कुल कर्जा करिब १२० अर्ब पुगेको छ। हालसम्म ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको बैंकले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७