बाणिज्य बैंकको नाफा तोकेको भन्दा बढी, स्प्रेडदर ५.८१


२९ असार २०७५, शुक्रबार
Rastriya bank

काठमाडौं, २९ असार । वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकले तोकेको भन्दा बढी नाफा लिइरहेको खुलेको छ । बैंकले अधिक नाफा कमाएको आरोप लागेपछि राष्ट्र बैंकले स्प्रेडदर तोकेर नियन्त्रणको प्रयास गरेको हो । केन्द्रीय बैंकले स्प्रेडदरलाई ५ प्रतिशतमा सीमित गरेको छ ।Rastriya bank

बैंकले ५ प्रतिशत भन्दा बढी नाफा कमाउन पाउँदैनन् । पछिल्लो समयमा लगानीयोग्य पूँजीको समस्या आएर वित्तीय घर्षण बढेपछि बैंकले महँगोमा निक्षेप उठाउने प्रवृतिले स्प्रेडदर पनि तोडिन पुगेको हो ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा बैंकहरुले निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर (स्प्रेड) लाई तोडेका छन् । स्प्रेडदर बढेर ५.८१ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले तोकिएको भन्दा बढी नाफा लिन थालेपछि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले स्प्रेडदरलाई घटाएको छ । आगामी ०७६ असारसम्म स्प्रेडदर घटाएर ४.५ प्रतिशत कायम राख्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले स्प्रेडदर घटाउँदै लैजाने बताएको छ ।

बैंकले स्प्रेडदर सीमा तोडेपछि राष्ट्र बैंकले आउँदो असोज मसान्तसम्म ५ प्रतिशतमा झार्न बैंकलाई निर्देशन दिएको थियो । स्प्रेडदर घटेपछि ऋणको ब्याज घट्छ र उद्योगी व्यवसायीलाई फाइदा हुनेछ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकको औसत निक्षेपदर ६.६१ प्रतिशत रहेको छ । औसत कर्जाको ब्याजदर बढेर १२.४३ प्रतिशत पुगेको छ । यस्तै निक्षेप लागत बढेपछि आधारदर पनि बढेर ११ प्रतिशत नजिक पुगेको छ । अधिकांश बैंकको स्प्रेडदर ५ प्रतिशत तल रहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल बताउँछन् । उनले भने, ‘स्प्रेडदर घट्दा बैंकको नाफामा कमी आउने भए पनि उद्योगी व्यवसायीलाई फाइदा हुने देखिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७