उर्जामन्त्री पुन र बेलायती राजदूतबीच भेटवार्ता


२९ असार २०७५, शुक्रबार
urjamantri

काठमाडौं, २९ असार । उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी बेलायती राजदूत रिचार्ड मोरीसबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको थियो । urjamantri

भेटमा उर्जामन्त्री पुनले नेपालमा राजनीतिक स्थायीत्वको युग सुरु भइसकेको भन्दै बेलायती लगानीकर्तालाई नेपालको उर्जा क्षेत्रमा लगानीका लागी प्रोत्साहन गरिदिन राजदूत मोरीसलाई आग्रह गरेको थियो ।

उनले आफु उर्जामन्त्रीको रुपमा कार्यभार सम्हालेसंगै उर्जा,जलस्रोत तथा सिंचाई क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र समेटिएको श्वेतपत्र सार्वजनिक गरिएको जानकारी समेत दिएको थियो । मन्त्री पुनले प्रशारण लाइनको गुरु योजना भर्खरै मन्त्रालयको तर्फबाट सार्वजनिक भएको भन्दै त्यसमा बेलायती लगानिकर्तालाई लगानी गर्न आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका मन्त्री पुनले नेपालको जलविद्युत क्षेत्रमा समेत लगानीको उपयुक्त वातावरण बनेको धारणा राखे । उनले वर्तमान सरकारको निति लगानीमैत्री वातावरण बनाउने रहेको भन्दै त्यसका लागी नयां निति ल्याउने र केही नितिमा परिमार्जन गर्ने तयारी भइरहेको जानकारी दिए ।

भेटमा राजदूत मोरीसले उर्जा क्षेत्रमा सहकार्य गर्न बेलायत सरकार तयार रहेको बताए । उनले वैकल्पिक उर्जाको क्षेत्रमा बेलायती सहयोग नियोग डिएफआईडीमार्फत काम भइरहेको जानकारी दिनुहुंदै आगामी दिनमा समेत सहकार्य जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।

राजदूत मोरीसले नेपाललाई सहयोग गर्ने विषयमा विकास साझेदार अन्य अन्र्तराष्ट्रिय संघ संस्थाहरुसंग समन्वयात्मक ढंगले काम गर्न आफुहरु तयार रहेको धारणा समेत राखे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७